राष्ट्रपति सीको नेपाल भ्रमणबारे चीनले मुख खोल्यो

219

काठमाडौं/ चिनियाा राष्ट्रपतिको आगामी असोजमा हुने भनिएको नेपाल भ्रमण स्थगित भएको हल्ला बाहिर आइरहेका बेला चीनले उच्चस्तरीय भ्रमणका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको जनाएको छ । चिनियाा विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्विङले गत सोमबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएकी हुन् । पत्रकार सम्मेलनमा चिनियाा राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको हो भन्ने पत्रकारको जवाफमा प्रवक्ता चुन्विङले भ्रमण स्थगित नभएको जानकारी गराएकी हुन् । उनले नेपाल चीनको प्राथमिकतामा रहेको भन्दै नयाा सरकारसाग पनि सम्बन्ध निरन्तर रहने जनाएकी छिन् । उनले दुई पक्षीय हितका आधारमा सम्बन्धलाई थप उचाइमा पुर्‍याउन चीन इच्छुक रहेको समेत जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here