किशोरजंग राणा (अध्यक्ष, मेघा अस्पताल)
ललितपुरको धोबिघाटमा सञ्चालनमा रहेको मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणा समाजसेवाप्रति बढी नै आकर्षित छन् । सामान्य मानिसभन्दा बढी नै धार्मिक स्वभावका उनी अनाथ, दु:खी तथा गरिबहरुको सेवा गर्न पाउादा बढी नै उत्साहित हुन्छन् । सानै उमेरदेखि कलाकारितामा रमाउादै आएका काठमाडौंका स्थानीयबासिन्दा उनी खेलकुदमा पनि रुचि राख्छन् । सितारियो करातेबाट ब्ल्याकबेल्ट उनले आफ्नो विगतको पेशालाई छाडेर अढाइ वर्षअघि आफ्नै लगानीको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएका छन् । अस्पताल सञ्चालन गर्नुका पछाडि पनि आफ्नो समाजसेवाप्रतिको भावना प्रमुख कारण भएको जनाउने उनले हाल आर्थिक अवस्था कमजोर भएका, गरिब तथा अनाथहरुलाई सुलभ तथा नि:शुल्क रुपमा समेत उपचार गर्दै आएका छन् । अस्पताल आसपासका बासिन्दाहरुका लागि समेत सहुलियत मूल्यमा उपचारको सुविधा प्रदान गर्दै आएका उनको अस्पतालमा पैसा नभएकाहरुले पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्दैन । यस्तै सामाजिक र सकारात्मक सोचका धनी राणासाग स्वाभिमान नेपालले गरेको कुराकानीको सम्पादित अंश :
लामो समयसम्म कलाकारिता क्षेत्रमा सक्रिय रहनुभएको तपाईं कसरी एकाएक अस्पताल सञ्चालन गर्ने निर्णयमा पुग्नुभयो ?
म सानैदेखि समाजसेवाको सोच भएको मान्छे हुा । समाजसेवामा रुचि हुादाहुादै पनि सानैदेखि खेलकुद तथा कलाकारिता क्षेत्रमा सक्रिय रहेकाले केही समय यही क्षेत्रमै बित्यो । म एउटा कलाकार भए पनि दीर्घकालीन रुपमा कसरी सामाजिक कार्यसाग जोडिन सकिन्छ भन्नेबारे सोचिरहन्थे । आर्थिक अवस्था कमजोर भएकाहरु तथा अनाथ र दु:खीहरुले आर्थिक अभावमा उपचार नपाएर दु:ख पाइरहेका घटनाले बेलाबेलामा बढी नै चिन्तित बनाउाथ्यो । त्यसैले अस्पताल सञ्चालन गरेमा आर्थिक अवस्था कमजोर हुनेहरुको नि:शुल्क उपचार गर्न पनि सकिने र व्यवसायिक ढंगले अघि बढ्दा आफूलाई सहज हुने ठानेर अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हुा । यो अस्पताल सञ्चालन गर्नका लागि मलाई मेरो समाजसेवाप्रतिको भावनाले नै उत्प्रेरणा दिएको हो ।
तपार्इं सेवालाई प्राथमिकतामा राखेर अस्पताल सञ्चालन गरेको भन्नुहुन्छ, तर पछिलो समय स्वास्थ्य संस्थाहरु पैसा कमाउने माध्यममात्र बनिरहेका छन् भन्दै आलोचना हुने गरेको छ नि ?
हरेक क्षेत्रमा राम्रो र नराम्रो हुन्छ । अरुले के गरे गर्छन् वा के भन्छन्, त्यसमा मलाई कुनै प्रतिक्रिया दिनु छैन । तपाईंले हरेक टोलटोल र प्रत्येक क्षेत्रमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएको देख्न सक्नुहुन्छ । तर ती सबै समाजसेवाका लागि स्थापित भएका होइनन् । यस क्षेत्रलाई कमाउको माध्यम बनाउने कतिपय सञ्चालकहरुका कारण स्वास्थ्य क्षेत्रहरु बद्नाम बनिरहेका छन् । जसले गर्दा यो क्षेत्रलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । तर केहीले गल्ती गरे भन्दैमा सबैलाई त्यसको दोष दिनु गलत हो । जस्तो तपाईंले हाम्रो अस्पतालकै कुरा गर्नुहुन्छ भने एउटा कुरा हामी दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट उपचार गराउाछाौ । अर्को कुरा मैले पहिले नै सामाजिक सेवाको कुरा गरो, सोहीअनुसार हाम्रो अस्पतालले गरिब, असहाय र आर्थिक अवस्था कमजोर हुनेहरुका लागि केही बेडहरु नि:शुल्क रुपमा छुट्याउादै आएको छ । पैसा नभएर यहाा आउनेहरुले उपचार नपाएर फर्किने अवस्था छैन । अस्पताल आसपासका बासिन्दाहरुका लागि सुलभ स्वास्थ्य उपचारको व्यवस्था छ । यतिमात्र होइन प्रत्येक शनिबार हामी सम्पूर्ण डिपार्टमेन्टका डाक्टरहरुमार्फत क्याम्प सञ्चालन गरेर नि:शुल्क चेकजााच तथा औषधि उपचार गर्छौं । त्यस्तै हामी राज्यबाट उपेक्षामा परेका क्षेत्रहरु कलाकार, पत्रकार र खेलाडीहरुका लागि उनीहरुको परिचय खुल्ने परिचयपत्रसहित आएमा ५० प्रतिशत छुटमा उपचार गर्छौं । जब कि विशुद्ध नाफा कमाउने उद्देश्यले सञ्चालन गरेका अस्पतालहरुले हामीले जस्तो नि:शुल्क र सहुलियत सेवा दिने कुरा सोच्न पनि सक्दैनन् । यसले हामी सेवालाई बढी प्राथमिकता दिन्छाौ भन्ने पुष्टि हुन्छ ।
बेलाबेलामा अस्पतालहरुको लापरबाहीका कारण अप्रिय घटनाहरु पनि हुने गरेको पाइन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?
ठीक प्रश्न गर्नुभयो, अस्पताल भनेको यस्तो संवेदनशील ठाउा हो जहाा मानिस जन्मिनेदेखि मृत्यु हुने बेलासम्म पुगिराख्ने थलो हो । त्यसैले त्यहाा कार्यरत स्वास्थ्यकर्मीदेखि बिरामी र उनीहरुका आफन्तहरुसमेत संवेदनशील बन्नुपर्छ । अर्काे कुरा के पनि हो भने अस्पताल जाादैमा शतप्रतिशत निको हुन्छ भन्ने पनि होइन । यदि अस्पतालमा चिकित्सकहरुले गम्भीर ढंगले उपचार गर्दागर्दै पनि निको हुादैन भने त्यस्तो अवस्थामा अस्पताल वा चिकित्सकहरुलाई दोष दिइन्छ भने त्यो स्वार्थबाट प्रेरित हो तर कतिपय अवस्थामा चिकित्सक वा अस्पतालहरुबाट पनि गल्ती कमजोरी हुन सक्छन् । यस्तो अवस्थामा गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ र पीडितले न्याय पाउनुपर्छ । अस्पतालले गल्ती गर्छ भने पीडितलाई न्यायबाट वञ्चित गराउनु ठूलो अपराध हो । यस्ता विषयमा हामी सचेत छाौ ।
पछिलो समय नक्कली डाक्टरहरुको बिगबिगी भएको भन्दै उनीहरुमाथि छानबिन सुरु भएपछि यो विषयमा गम्भीर बहस सुरु भएको छ । एउटा अस्पताल सञ्चालकका हिसाबले यसलाई कसरी लिनुभएको छ ?
अवश्य पनि यो गम्भीर विषय हो । यसले हामीलाई पनि चिन्तित बनाएको छ । यसप्रति हाम्रो विशेष चासो छ । त्यसैले हाम्रो अस्पतालमा नक्कली डाक्टरहरुको प्रवेश नहोस् भनेर हामीले विशेष सचेतता अपनाइरहेका छाौ । यस विषयमा हामी अहिलेमात्र होइन, धेरै पहिलेदेखि नै सचेत छाौ । यहाा डाक्टरहरु लिादा हामीले कसैको सिफारिस वा नजिककालाई नभएर खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्छौं । साथै उनीहरुका एसएलसीदेखि डाक्टर भइसकेपछिसम्मका सबै शैक्षिक प्रमाणपत्रहरु हेर्छौा । त्यसैले हामीकहाा यस्ता डाक्टरले अवसर पाउने सम्भावना हुादैन । अर्को कुरा नक्कली डाक्टरका विषयमा पछिल्लो समयमा अनुसन्धानबाट जुन वास्तविकता बाहिर आएको छ, यसप्रति सरकारी निकायको पनि निकै लापरबाही देखिन्छ । किनभने अहिले एक जना सरकारी अधिकारीले कडाइका साथ नियमको पालना गर्दा नक्कली डाक्टरहरुको बिगबिगी भएको तथ्य बाहिर आयो । विगतमा यस्तो किन गरिएन ? साथै नक्कली डाक्टरलाई किन काम गर्ने अनुमति दिइयो ? यो सरकारी निकायको कमजोरीका कारण भएको हो । यस्ता कमजोरीलाई सच्चाउनुपर्छ । साथै सम्वेदनशील क्षेत्रमा लापरबाही गर्नुहुादैन । यसमा नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बन्ने स्वयं व्यक्ति, त्यस्ता व्यक्तिलाई अध्ययन गराउने मेडिकल कलेज र काम गर्ने अनुमति दिने सरकारी निकायसमेत सचेत हुन आवश्यक छ ।
त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै विभिन्न माग राख्दै पटकपटक आन्दोलनको रुपमा अनशन बस्दै आएका छन् । केही समयअघि समेत उनले यस्तै माग राख्दै आठौंपटक अनशन बसेका थिए । यसलाई एउटा अस्पताल सञ्चालकको हिसाबले तपाईंले कसरी हेर्नुभएको छ ?
स्वास्थ्य क्षेत्र सुधारका लागि उहााले गरेको प्रयासमा मेरो पनि समर्थन छ । तर सुधारका नाममा नयाा मेडिकल कलेज नै सञ्चालन गर्न नहुने मागमा भने समर्थन जनाउन सकिादैन । किनभने एउटा व्यक्तिको शिक्षित हुन पाउने चाहनालाई रोक्नु हुादैन । नेपालमा मेडिकल कलेजको अभाव हुादैमा पढ्न चाहनेले आफ्नो चाहनालाई मार्दैनन् । बरु उनीहरुले यहाा लगानी गर्ने पैसा विदेश जान्छ । यसले हामीलाई नै घाटा हुने हो । बरु केचाहिा भन्न सकिन्छ भ
ने सरकारले तोकेको मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । मापदण्ड पूरा नगरेका कलेजलाई सञ्चालनको अनुमति दिनुहुादैन । यदि कसैले सरकारी मापदण्ड पूरा गर्दागर्दै पनि रोक लगाइन्छ भने त्यो गलत हो । यसले नेपालको लगानी विदेश पलायन गराउने काम मात्र गर्छ । हामीले संख्यामा भन्दा पनि गुणस्तरमा जोड दिन आवश्यक छ ।
तपाईंले गुणस्तरको कुरा उठाउनुभयो, राजधानीमै सञ्चालनमा रहेका कतिपय अस्पतालहरुले सरकारी मापदण्ड पूरा नगरेको आरोप लाग्ने गरेको छ । तपाईंले सञ्चालन गरेको मेघा अस्पतालले मापदण्ड पूरा गरेको छ त ?
शतप्रतिशत त कोही पनि हुादैन तर हामीले सरकारले निर्धारण गरेका न्यूनतम मापदण्डहरु पूरा गरेर अस्पताल सञ्चालन गरिरहेका छाौ । तपाईंलाई म अर्काे जानकारी पनि गराऊा, उपत्यकामा सञ्चालनमा रहेका १० प्रतिशत अस्पतालले मात्र मापदण्ड पूरा गरेकाले नवीकरण हुने अवसर पाएका छन् । हाम्रो अस्पताल तिनै १० प्रतिशतमध्येको एक हो । सरकारी निकायले अस्पतालमै आएर उनीहरुले तोकेका न्यूनतम मापदण्डहरु पूरा भएको पाएपछि हामीलाई नवीकरण गरिदिएका हुन् । त्यसैले हाम्रो अस्पतालले मापदण्ड पूरा गरेको छ । यो हामीले भनेका होइनौा, यो त सरकारी निकायले दिएको प्रमाण हो ।
तपाईं यो क्षेत्रमा नयाा हुनुहुन्छ तर दशकौंदेखि अस्पताल सञ्चालन गर्दै आएकाहरुसाग प्रतिस्पर्धा गरिराख्नुभएको छ । कत्तिको चुनौती सामना गरिरहनुभएको छ ?
ठीक प्रश्न गर्नुभयो । म यो क्षेत्रमा नयाा अवश्य छु तर लक्ष्य वा उद्देश्यका हिसाबले उहााहरुभन्दा म फरक छु । मैले पहिले पनि भनिसको म नितान्त समाजसेवाको भाव लिएर यस क्षेत्रमा आएको हुा । त्यसैले मलाई कसैसाग प्रतिस्पर्धा गर्नुपर्छ जस्तो लाग्दैन । बरु केचाहिा भन्न सक्छु भने म जुन सेवाभावका हिसाबले यो क्षेत्रमा लागेको छु, यसले अरुमा पनि सकारात्मक प्रभाव परोस् यही मेरो चाहना छ । जहाासम्म चुनौतीको कुरा छ, म पहिले जुन पेशामा थिएा त्यो नितान्त मनोरञ्जनको क्षेत्र हो । जब कि अहिले हरेक क्षण मैले अस्पतालको बारेमा सोच्नुपर्छ र त्यसभन्दा महत्वपूर्ण कुरा अस्पतालको सेवाका बारेमा अझ गम्भीर र चिन्तित हुनुपर्छ । यो आफंैमा चुनौती हो । अर्काे चुनौती भनेको तपाईंले नै भनिहाल्नुभयो, कैयौं अस्पतालहरु पहिलेदेखि नै सञ्चालनमा रहेका छन् । कति नयाा खुल्दै छन् । पुरानाहरुले नयाालाई कमजोर ठान्ने प्रवृत्ति जहाा पनि हुन्छ, त्यसैले यस क्षेत्रमा नहुने कुरै भएन । तर मैले कसैलाई प्रतिस्पर्धी वा चुनौतीका रुपमा लिएको छैन । बरु नयाा अस्पतालहरु खुल्दा त्यसले मलाई थप उत्साह प्रदान गर्छ ।
अन्त्यमा मेघा अस्पतालले हाल कस्ता–कस्ता सेवा दिादै आएको छ ? साथै आगामी दिनका लक्ष्यहरु के छन् ?
हामीले विशेषगरी ट्रमा केयर, अर्थाे र न्यूरोसम्बन्धी सेवा दिादै आएका छौं । हामीले ट्रमा केयरका सबै इक्युपमेन्टहरुको व्यवस्था गरेका छाौ । विगत ६ महिनादेखि जनरल हस्पिटलका रुपमा ग्यास्ट्रो, सर्जरी, मेडिसिन डिपार्टलगायतका सेवाहरु दिादै आएका छाौ । एक सय बेडको लाइसेन्स लिएका छाौ र सरकारको नियमअनुसार नवीकरण हुने १० प्रतिशत अस्पतालभित्र पर्छांै । २०७१ मा हामी रोड ट्राफिकका हिसाबले पनि बीएण्डबीपछिको दोस्रो हस्पिटलका रुपमा रहेका थियाौ । यसले पनि हामी कस्तो सेवा दिन्छाौ भन्ने पुष्टि गर्छ । जहाासम्म आगामी दिनका योजनाहरुको कुरा छ । विकट ठाउामा स्वास्थ सेवा दिनका लागि साना स्वास्थ्य केन्द्रहरु जस्तै क्लिन, फार्मेसीलगायतका आउटरिचहरु सञ्चालन गर्ने योजना बनाएका छाौ । तर यस्ता आउटरिचहरु हालसम्म स्वास्थ्य सेवा नपुगेका उपत्यका बाहिरका विकट जिल्लाहरुमा मात्र सञ्चालनमा आउनेछन् । त्यस्तै आगामी पााच वर्षभित्रमा आफ्नै मेडिकल कलेज सञ्चालन गर्ने, अस्पतालको क्षेमता अभिवृद्धि गरेर तीन सय बेड क्षमताको अस्पताल बनाउनेलगायतका योजना रहेका छन् । त्यस्तै उपत्यकाबाहिर काभ्रेमा हाम्रो नर्सिङ कलेज सञ्चालनको तयारीसमेत हुादै छ । हामीले जुनसुकै योजनाहरु सुरु गरे पनि ती सबै योजनाहरु पूर्णतया सरकारी मापदण्ड र नियममा रहेर मात्र सञ्चालन हुनेछन् । हरेक व्यक्तिले नियम कानुनको पूर्णपालना गर्ने हो भने कुनै किसिमका समस्या भोग्नुपर्दैन भन्नेमा हामी सचेत छाौ ।




















