काठमाडौं/ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी २५ बुादे संयुक्त वक्तव्यप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । सिंहले विभिन्न ५ बुादामा प्रतिक्रिया जनाउादै योजनाबद्ध प्रकारले नेपाललाई भारतमा गाभ्नका लागि लगातार प्रयत्न भइरहेको दावी गरेका छन् । सरदार पटेलको नेपाललाई निजामको हैदरावादजस्तै भारतमा मिलाउने विचारमा अहिले प्रचण्डबाट दस्तखत भएको आरोप सिंहले लगाएका छन् ।
महामन्त्री सिंहले संयुक्त विज्ञप्तिको १०, ११ र १३ नम्बरको बुादाहरूले नेपालको राष्ट्रियतिा सार्वभौमिकता र अखण्डतामा आाच पुग्ने मात्र होइन, राजतन्त्र पुनस्र्थापनाका लागि दवाव दिने कुरा पनि प्रचण्डको भारत भ्रमणले निश्चय गरेको दावी गर्नुभएको छ । विगतकालका राष्ट्रघाती सन्धिसम्झौताहरूलाई कार्यान्वयन गर्ने कुरामा प्रचण्डबाट गरिएको सहमतिले प्रचण्डलाई अरु राष्ट्रघातीहरूभन्दा पनि अघि बढेर राष्ट्रघात गरेको आरोप सिंहबाट लगाइएको छ ।


















