वैद्यले भने प्रचण्डबाट राष्ट्रघात भयो

74

काठमाडौं/ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला गम्भीर राष्ट्रघात भएको जनाउनुभएको छ । नेपाल र भारतका प्रधानमन्त्रीमार्फत जारी संयुक्त वक्तव्य पनि नेपाल र नेपाली जनताको हितविपरीत रहेको भन्दै उक्त दलले भारतसित गरिएका सन् १९५० लगायतका सबै असमान सन्धिसम्झौता तथा सहमति खारेज गर्नुको सट्टा प्रधानमन्त्री प्रचण्डले ती सबै सन्धिसम्झौता तथा सहमतिहरूलाई निरन्तरता दिन स्वीकार्नु गम्भीर राष्ट्रघात भएको जनाउनुभएको छ । यसले भविष्यमा अझ राष्ट्रघाती सन्धिसम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको उहााको आरोप छ ।

दुई देशका प्रधानमन्त्रीले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा विवादास्पद पञ्चेश्वर जलविद्युत् आयोजनालाई ब्युाझाइएको, बिप्पाप्रति सहमति जनाइएको, माथिल्लो कर्णाली, अरुण–३ सहितका ऊर्जाव्यापार सम्झौता, ऊर्जा विकास सम्झौता आदिलाई निरन्तरता दिादै व्यापार, पारवहनसहित आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिकलगायत विविध पक्षमा भारतीय विस्तारवादद्वारा गरिएका हस्तक्षेपलाई नवीकरण गरिएको क्रान्तिकारी माओवादीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सो सम्झौतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उम्मेदवारीमा भारतलाई सघाउने वचन दिइनु असंलग्न परराष्ट्र नीतिविपरीत हुन गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै संविधान निर्माणलाई आन्तरिक मामिला बताउादै आएका नेपालका प्रधानमन्त्रीले संविधान संशोधनलगायतका विषयमा भारतीय प्रधानमन्त्रीको आशीर्वाद थाप्न भारतमा गएको र त्यो पनि सफल बन्न नसकेको कुरा सो संयुक्त वक्तव्यद्वारा जाहेर हुन गएको क्रान्तिकारी माओवादीको आरोप छ ।

क्रान्तिकारी माओवादीले भारतसित गरिएका सन् १९५० लगायत ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली जलविद्युत् परियोजनालगायतका असमान तथा राष्ट्रघाती सन्धिसम्झौता एवम् सहमतिहरूको खारेजीसहित नयाा आधारमा नयाा सम्झौता सहमति गर्नका लागि जोड दिएको छ । साथै, नेपालका प्राकृतिक तथा मानवीय स्रोत साधनहरूको नेपाली जनताकै हितमा उपयोग गर्न र बाह्य हस्तक्षेप तथा राष्ट्रघातका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाा ढंगले संगठित तुल्याउन पार्टी प्रतिबद्ध रहेको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here