सिंगटी हाइड्रोपावरको आईपीओ  बाँडफाँड हुने

49

काठमाडौं सिंगटी हाइड्रोपावरको आईपीओ  आज (शुक्रबार) बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएको हो।

कम्पनीले चैत्र ६ गते देखि चैत्र १० गते सम्म आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९.३४ गुणा बढी हो । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  ।

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here