दीपेन्द्र रोकाया
माओवादी शान्तिप्रक्रियामा आएपछि विभिन्न गुटमा विभाजित भई देशी र विदेशी शक्ति केन्द्रको षडयन्त्रले गर्दा कमजोर बनेको थियो । माओवादी आन्दोलनका फुटेका दश वटा घटकहरूबीच माओवादी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाई आफ्ना तत्कालीन, न्यूनतम र अधिकतम लक्ष्य प्राप्त गर्नका लागि माओवादी केन्द्रको रूपमा गत जेठ ६ गते रूपान्तरण भएपछि माओवादी आन्दोलनप्रति जनताको नयाा उत्साह बढेको र अब माओवादी सशक्त रूपमा अगाडि बढ्छ भन्ने जुन विश्वास बढेको थियो । तर अहिले उसले सरकारलाई मात्र प्राथमिकतामा राख्ने गरेकाले माओवादी आन्दोलन पुन:उपभोक्तावादको यात्रामा प्रवेश गरेको देखिन आएको छ ।
विश्वमा अनेक कम्युनिष्ट पार्टीहरू सत्ताको नजिक वा सत्तामा पुगेपछि क्रान्तिको अभिभारालाई छोडेर सामाजिक सामान्तवादले गर्दा पुाजीवादमा रूपान्तरण भएर कम्युनिष्ट आन्दोलन नै समाप्त भएको इतिहास रहेको अवस्थामा नेपालमा माओवादी केन्द्रले सत्तालाई नै प्रमुखता दिएर पार्टी र संगठनका कार्यहरूलाई थाती राखेर अगाडि बढेको देखिदैछ । यदि यसलाई बेलैमा सच्याउने काम भएन भने नेपाली कम्युनिष्ट आन्दोलनकै विचलन र विसर्जनको दुश्चक्रमा फस्न सक्छ । नेपालमा वि.सं. २००६ मा कम्युनिष्ट पार्टी स्थापना हुने बित्तिकै कहिले दक्षिणपन्थी त कहिले उग्रधारको बाटोमा अगाडि बढेर पार्टीलाई ठिक दिशामा अगाडि बढाउन नसक्दा पार्टी स्थापना भएको लगभग सात दशक पुग्दा समेत यसको ठिक दिशा लिन नसक्नु अर्काे र्दुभाग्य भएको छ ।
२००६ सालमा स्थापना भएको पार्टीले २००८ मा पुग्दा लिएको उग्रवादी र अर्काको पछि लागेर सशस्त्र क्रान्तिको कल्पनाको आधारमा दिएको वक्तव्य र प्रचारवाजीलाई पार्टीलाई भूमिगत गर्नु परेको थियो । त्यसबेला बढ्दो कम्युनिष्टहरूको प्रभावले गर्दा ठूला भूमिदार र सामान्तका छोराछोरी, भाइभतिजाहरू उग्र नारा दिएर कम्युनिष्ट पार्टीमा घुसेपछि पााच वर्ष नहुादै नेपाल कम्युनिष्ट पार्टी राजाको वैधानिक नेतृत्व भनी राजतन्त्रको छत्रछायाामा कम्युनिष्ट आन्दोलनलाई पुर्यायो भने आफ्नो महाधिवेशन समेत फ्लोरा दरबारमा गरी दरबारीयाहरूलाई आफ्नो पौरख देखाउने काम गरेका थिए । त्यस्तै २०२८ सालपछि चीनमा महान संस्कृति क्रान्तिको प्रभाव नेपालमा समेत पर्न थालेपछि अर्को उग्रवादले कम्युनिष्टहरूलाई फुटाउने र विचलन पार्ने काम गरेको थियो । यही धारले राजाले जनमत संग्रह गराउादा पहोलोलाई भोट दिए पञ्चायतले जित्ने, पञ्चायतले जिते प्रतिरोध हुन्छ, प्रतिरोधले क्रान्ति हुन्छ भनी क्रान्तिकारी लफ्बाजीको रूपमा पञ्चायतको पक्षमा मतदान गराएर सामान्ती पञ्चायतलाई पुर्नजन्म पनि कम्युनिष्ट आन्दोलनकै नाममा दिइएको थियो । पछि यो आन्दोलन युरो कम्युनिष्टको रूपमा संसदवादी, उदार पुाजीवादी र राजाको नेतृत्वको बहुदलीय व्यवस्थामा रमाउन पुगेको थियो ।
कम्युनिष्ट पार्टीको यो नियतीले दश वर्ष जनयुद्ध गरी सामान्तवादलाई अन्त्य गरेपछि माओवादी आन्दोलनले व्यापकता पाएपछि सबै शक्तिले संयुक्त प्रहार गरी खुम्चाउने र विभाजित गर्ने काम गरेको थियो । यो कमजोर अवस्थामा पुगेको माओवादीका विभिन्न घटकहरू एक ठाउामा आएर माओवादी केन्द्र बनेपछि माओवादी केन्द्रले पुन:शक्तिशाली भएको छ । यसलाई ठोस सैद्धान्ति र संगठनात्मक रूप दिनका लागि एकता अधिवेशन गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा सरकारका कारण अलमल देखिनु पनि राम्रो संकेत होइन । खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने काममा माओवादी नेतृत्व अलमलिन पुगेको छ । निश्चय नै अहिलेको अवस्थामा माओवादीले सत्ता र सत्ता बाहिर दुबैलाई सागै अगाडि बढाएर सत्ता र संघर्षलाई तालमेल मिलाउने कुरालाई ध्यान दिन सक्नु पर्दछ ।
खाली सत्तालाई प्राथमिकतामा राख्ने र सबै शक्ति सत्ताको वरिपरी लैजाने तर पार्टीको आन्तरिक जीवन, पार्टीमा सांस्कृतिक सुदृढिकरण र अल्मलिएको दिशालाई ठिक गरेर पार्टीलाई रूपान्तरण गर्ने कार्यलाई प्राथमिकता नपारेमा गरिब जनताको लागि काम गर्ने जनताको नजिक पुग्ने भन्ने उद्घोष हावाको महल बन्न जानेछ । यस तर्फ बेलैमा ध्यान दिन सके अहिले देखिएको भद्दा र अस्पष्ट भएको पार्टीले संगठनात्मक र सैद्धान्तिक रूपान्तरण गर्न सक्नेछ । माओवादीका दश घटकको एकतापछि यसकै व्यवस्थापन गर्न नसकेको अवस्थामा सत्तालाई प्राथमिकतामा राख्दा जति चुनौतिको सामना गर्नु परिरहेको छ, त्यो कम होइन तर यसभित्र नेपाल, नेपाल िजनता र सिंगो पार्टीको भविश्य रहेको छ ।
एकताको विशेष महाधिवेशसनबाट सबैको जिम्मेवारी समेत टुंगो लगाउनु पर्ने थियो तर यसो नुहादा कार्यकर्ता समेत काम नपाएर निराश भएर पलायन हुन सक्ने खतरा पनि देखिएको छ । वर्तमान अवस्थामा केन्द्रिय सदस्यहरूको भद्दा आकारले गर्दा कुम्भमेलाको रूप लिादा केन्द्रिय समिति समेत व्यवस्थित हुन सकेको छैन । त्यसैले माओवादी केन्द्र नै प्रणाली नै निर्माण हुन नसकी एउटा थुप्रो र भीडको जम्मा हुने स्थान मात्र बन्न पुगेको दर्भाग्यपूर्ण स्थिति छ । तोकिएकै समयमा महाधिवेशन भएको भए पार्टीले स्वरूपा ग्रहण गर्ने र प्रणालीको विकास भई उदेश्यको लागि अगाडि बढ्ने थियो । केन्द्र, पोलिटब्युरो, हेडक्वार्टर पनि कामकाजी बन्न सक्ने थियो । यसले गर्दा निर्वाचनको समयमा भएको अस्तव्यस्तताले निर्वाचन समेत प्रभाव पर्नेछ । यही अस्तव्यस्तताको स्थितिमा बहस स्थानीय निर्वाचनको छ, विद्यमान अवस्थामा निर्वाचनको तयारी भयो भने मृत्युपत्रमा हस्ताक्षर हुने पक्का छ ।
संविधान कार्यन्वयन गर्ने तथा छिमेकीहरूसाग सन्तुलित सम्बन्ध गर्न, संविधान संशोधन गरेर मधेश, जनजाति आदिको समस्या समाधान गरी आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने, राज्यको पुर्नसिमाकंन गरी संघियतामा लैजाने तथा निर्वाचन गर्ने कार्य सुरु गरेकाले सत्ता सञ्चालनमा परिपक्कता र परिणामहरू समेत देखिन थालेका छन् । तर यी समस्याको समाधान हुादैमा माओवादी पार्टीको मुख्य कार्यभार पूरा हुादैन । मुलुकमा आमूल परिवर्तन गरी समाजवादको क्रान्ति पूरा गर्नु नै माओवादीको प्रमुख उदेश्य हो र यो कुरा प्रचण्डको अभिव्यक्तिबाट समेत प्रष्ट हुादै गएका छन् । अहिले सरकारमा प्रचण्डको नेतृत्वमा केही व्यक्तिहरू गएर सरकारको काम गर्नु पार्टीको संसदीय फााटको जिम्मेवारी हो तर यो जिम्मेवारी अध्यक्षले लिएको भन्दैमा पार्टीका सबै काम स्थगित गरेर सरकारकै पछि लाग्नुले पार्टीलाई नै सत्ताकरण गर्ने गलत कार्य र प्रवृत्ति उजागर भएको छ । प्रचण्डलाई संसदीय फााटको नेतृत्व त संसदीय दलको नेता बनाउादै गरिएको थियो । यस्तै सत्तामा गएका अरु मन्त्री वा अन्यहरू संसदको सदस्य हुादा नै उनीहरूको जिम्मा संसद र संदीय फााटलाई लगाइएको थियो तर एउटा फााटको कार्यलाई अगाडि बढाउादा अरु पार्टीलाई रोक्नु र अध्यक्षले सरकारको नेतृत्व गर्ने बित्तिकै सम्पूर्ण पार्टी नै अध्यक्षको पछि दौडिने प्रवृत्तिले गर्दा नै अत्यावश्यक रूपमा गर्नु पर्ने महाधिवेशन र पार्टीलाई रूपाान्तरण गर्ने कार्यले स्थगित गर्नुले माओवादी पार्टीले पार्टी प्रणाली विकास नगरेर एक व्यक्तिको पछि लाग्ने पद्धतिलाई विकास गरेको देखिन्छ ।
पार्टी कुनै एक व्यक्ति एकतिर जाादैमा सबै काम छोडेर सबै उसैका पछि लाग्ने र पार्टीको समग्र कामलाई नै स्थगित गर्ने कार्यले पार्टीलाई पार्टी नभएर एकांगी संगठनको रूपमा मात्र विकास गर्ने काम भएको छ । यो राजतन्त्र वा सामान्ती केन्द्रीकरणको अवशेष हो । राजतन्त्र रहादा राजा जता गए तेतै लाग्थे । राजा सुर्खेत पुग्दा काठमाडौाको सबै पदाधिकारी मात्र होइन, काउली समेत सुर्खेत पुग्थे । यस्तै अहिले पनि दशौपछि यस्तो गर्ने, सार्कपछि यस्तो गर्ने भनी काम थन्काउने जस्ता नेपालको सामान्ती समाजमा रहेको कुरा माओवादीभित्र समेत फस्ताएको देखिन्छ । सरकार माओवादी पार्टीको एउटा मोर्चा मात्र हो । माओवादीको मुख्य लक्ष्य समाजवादी क्रान्ति पूरा गर्ने भएकोले अन्य मोर्चाहरूले संसदीय मोर्चामा अध्यक्ष र केही कामरेडहरू गए भनेर रोक्ने कार्यले गर्दा अन्य मोर्चाहरूको औचित्यता समेतमा प्रश्न उठेको छ । पार्टीमा अध्यक्ष नभएर हजारौा कार्यकर्ता छन् । पार्टी भनेको व्यक्ति नभएर सामुहिक जिम्मेवारी र सहकार्य हो । सामान्तवादमा मात्र व्यक्तिको खटाईमा काम हुन्छ तर पार्टीमा व्यक्ति नभएर सिद्धान्त र पद्धतिले काम गर्दछ । अहिले अध्यक्ष सरकारमा जान बित्तिकै अन्य काम रोकिनु भनेको पार्टी पद्धति र सामुहिक नेतृत्व सिथिल भएको प्रमाणित गरेको छ । यस विषयमा माओवादी केन्द्रभित्रका नेता, कार्यकर्ता र शुभचिन्तक भन्नेहरूले सोच्ने र हेडक्वाटरलाई सल्लाह दिने गरेका छन् कि छैनन् ?















