काठमाडौं/ अपिल बिष्टले निर्देशन गरेको चलचित्र ‘झुम्की’ गत शुक्रबारबाट देशभरका हलमा रिलिज भएको छ । चलचित्र प्रदर्शनको एक दिन अगाडि काठमाडौंको सीटी सेन्टरमा यो चलचित्रको प्रिमियर गरिएको थियो ।

चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार हल पुगेका थिए । चलचित्रका मुख्य नायक दयाहाङ राई पत्नीसहित प्रिमियरमा सहभागी भएका थिए । नायिका मलिना जोशी केही ढिला आए पनि क्यामेरा क्लिकमा आकर्षणको पात्र बनिन् ।

मलिनालाई नै शीर्ष भूमिकामा राखेर यो चलचित्र निर्माण भएको छ । चलचित्रका अर्का कलाकार मनोज आरसी प्रिमियरमा सहभागी हुादा नायिका रीश्मा गुरुङ देश बाहिर रहेकाले उपस्थित हुन सकिनन् ।

चलचित्रले हालसम्म औसत मात्र व्यापार गरेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको कथावस्तुका लागि समीक्षकहरूले पनि सामान्य प्रतिक्रिया दिएका छन् । हलमा दीपाश्री निरौला निर्देशित चलचित्र छक्कापञ्जाले नै स्थान जमाइरहादा चलचित्र ‘झुम्की’ पनि मारमा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here