पाकिस्तानी अखबारमा नेपाललाई भुटानसाग तुलना

130

काठमाडांै/ भारतको उरीमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था सिर्जना भइरहेको छ । दुई मुलुकबीच उत्पन्न भएको तनावले युद्धको रूप लिने संकेत गरिरहेको छ । यसैबीच दुई मुलुकका सञ्चारमाध्यममा पनि वाक्युद्ध सुरु भएको छ । एक मुलुकले अर्काे मुलुकका विरुद्धमा समाचार लेख्ने प्रतिस्पर्धामा रहेका भारत तथा पाकिस्तानबीच चलेको जुहारीमा नेपाल पनि परेको छ । पाकिस्तानको उर्दुभाषामा प्रकाशित हुने पत्रिका एक्सप्रेसले भारत पाकिस्तानबीच बढिरहेको तिक्ततालाई मध्यनजर गर्दै पहिलो पृष्ठमा विशेष सम्पादकीय नै लेखेको छ । उक्त सम्पादकीयमा यदि पाकिस्तान परमाणु शक्तियुक्त मुलुक नभएको भए भारतले पहिले नै आक्रमण गरिसक्ने दाबी गरिएको छ । साथै उक्त सम्पादकीयमा लेखिएको छ, हामी युद्ध चाहदैनाौ यसको मतलब हामी भुटान वा नेपाल होइनाौ भन्दै भुटान र नेपाललाई एउटै कोटीमा तुलना गरिएको छ । जब कि भुटान भारतको अधीनमा रहेको मुलुक हो भने नेपाल एउटा स्वतन्त्र मुलुक हो । तथापि पाकिस्तानी समाचारमा नेपाल पनि भुटानजस्तै भारतमातहतको मुलुक भएको आशय देखिन्छ ।

यसैबीच पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफले पनि भारतप्रति कटाक्ष गर्दै आफ्नो देश पाकिस्तानलाई भुटान र नेपालजस्तो बनाउने भारतीय चाहना पूरा हुन नसक्ने चेतावनी दिनुभएको छ. ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here