काठमाडौं/नेपाली युवाहरुलाई जापानले पनि कोरियाकै शैलीमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।
नेपालस्थित जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिले श्रममन्त्री गोकर्णराज बिष्टसँग दक्षिण कोरियाकै शैलीमा सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको हो ।
जापानले आप्रबासी कामदारबाट हैरानी व्यहोरेपछि अभावलाई टार्न नेपालबाट कामदार मासिक तीन लाख रुपैयाँसम्म तलब हुने गरी लैजान इच्छुक देखिएको छ ।
यसबारे प्रस्ताव राखेका छन् । जापानबाटै यस्तो प्रस्ताव आएपछि नेपाल सरकार पनि सकारात्मक रहेको छ ।


















