काठमाडौं । भदौ २२ मा रिलिज हुने ‘रोजी’को पहिलो गीत सोमबार सार्वजनिक भएको छ ।
‘‘फूल हैन………’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा प्रदीप खड्का र मिरुना मगरलाई टर्कीका पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामा देखाइएको छ ।
गीतमा एलिस कार्कीको संगीत रहेको छ भने प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको छ । त्यस्तै राजेशकुमार श्रेष्ठको शब्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
‘गीत रचनाबारे संगीतकार कार्कीले भने, ‘वेस्टर्न र नेपाली टोनलाई गीतमा मिश्रण गरेको छु । यो गीत प्रिय बन्ने विश्वास लिए पनि लिएको छु ।
यस चलचित्रमा नीरक पौडेलको निर्देशन, अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको छ । फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गरेको जनाइएको छ ।


















