दशैं कसैका लागि दशा नबनोस्

397

राज्यलक्ष्मी शाक्य

हिन्दूहरूको महान् पर्व बडा दशैं सुरु भएसागै गाउादेखि सहरसम्म उत्सव सुरु भएको छ । लामो समयसम्म भेटघाट नभएका परिवार तथा आफन्तजनहरूबीचमा भेटघाट र खुशीयाली साटासाट गर्नेक्रम सुरु भएको छ भने वर्षभरि सहेका दु:खपीडालाई बिर्सिएर सुखद अनुभूति गर्नका लागि पनि यो उत्तम समय हो । असत्यका विरुद्ध सत्यको विजय भएको दिनका रूपमा मनाइने यो पर्वका जे जति विशेषताहरू छन्, त्यसको विपरीत यसका कतिपय अवगुणहरू समेत रहेका छन् । तथापि यस्ता अवगुणहरू पर्व आफौले लिएर आउने नभई मानव सिर्जित हुन् । त्यसैले दशैं पर्वको मौलिकता र यसको भावनाविपरीत सिर्जित हुने अवगुणहरूलाई अन्त्य गर्दै मौलिकतालाई जगेर्ना गर्नसकेमा चाडपर्वको महत्व बढ्न सक्थ्यो ।
नेपाली हिन्दूहरूको महत्वपूर्ण यो पर्व खुशी र उल्लासको पर्व भए पनि कतिपयका लागि दशा सावित हुनु यसलाई अवलम्बन गर्ने प्रवृत्ति मुख्य कारण हो । दशैं आउनेबित्तिकै ठूलै तडकभडक गर्नुपर्ने मान्यता पछिल्लो पटक विकास हुादै गइरहेको छ । दशैंका बेला आफ्नो गच्छेले नभ्याए पनि ठूलै खसी काट्नुपर्ने र क्षमताभन्दा बाहिर गएर किनमेल गर्ने प्रवृत्तिका कारण सम्भ्रान्त वर्गका लागि दशैं खुशी लिएर आए पनि गरिब र मजदुरका लागि दशैं दशा बन्ने गरेको छ । छिमेकीले तडकभडक गर्दा अर्काे छिमेकीले क्षमताविना ऋण खोजेरै पनि दशैंलाई भड्किलो बनाउने प्रचलन नेपाली समाजमा बढ्दै गएको छ । एक वर्षमा एक पटक आउने दशैंमा गरेको भड्किलोपनका कारण अर्काे दशैंसम्म अघिल्लो दशैंको ऋणमा च्यापिनुपर्ने बाध्यता कमजोर आर्थिक अवस्था हुनेहरूको रहन्छ । यसले आर्थिक अवस्था कमजोर हुनेहरूका लागि दशैं दशा नै बन्ने गरेको छ ।

पछिल्लो समय दशैंको बहानामा सामाजिक विकृतिहरूले पनि ठूलो रूप धारण गर्ने गरेको छ । जस्तो दशैंका बेला नियन्त्रणभन्दा बाहिर जाने गरी मदिरा सेवन गर्ने, रमाइलो गर्ने बहानामा जुवातास खेलेर सर्वस्व गुमाउनेदेखि मदिरा सेवन गरेर कोलाहल र झैझगडा गर्नेलगायतका विकृतिहरू मौलाउादै गएको देख्न सकिन्छ । सामान्यतया आर्थिक रूपमा सम्पन्नहरूबाट हुने फजुल खर्चको प्रभाव कमजोर आर्थिक अवस्था हुनेहरूमा पनि पर्छ । जसले गर्दा उनीहरूले पनि देखाउनकै लागि भए पनि क्षमताभन्दा बढी खर्च गर्ने प्रचलन बढिरहेको छ । जुन न्यून आर्थिक अवस्था हुनेहरूका लागि अभिशाप नै हो । चाडपर्व मनाउने नाममा चाडपर्वको मौलिकतालाई बिर्सने प्रवृत्ति पनि विस्तारै बढ्न थालेको छ । विशेष किसिमको धार्मिक तथा सांस्कृतिक महत्व बोकेका चाडपर्वहरूको मर्मविपरीत चाडपर्वको मुख्य मौलिकतालाई नै बिर्सने प्रवृत्तिले चाडपर्वहरूप्रतिको आकर्षण नै कम हुन थालेको छ । यसले धार्मिक एवं सांस्कृतिक महत्वलाई विस्तारै कमजोर बनाउने खतरा समेत सिर्जना हुन थालेको छ ।

नेपाल विविध धर्म संस्कृति तथा परम्परा रहेको मुलुक हो । विविधताभित्र रहेको एकता नै नेपालको विशेषता हो । तर पछिल्लो समय धर्मका नाममा हुने व्यापारको शिकार नेपाल पनि हुादै गएको छ । जसले गर्दा नेपालको परम्परा र मूल्य मान्यतालाई नै कमजोर हुने गरी गतिविधि सञ्चालन गर्ने तथा आर्थिक प्रलोभनमा धर्म संस्कृति परिवर्तन गराउने प्रवृत्ति बढेको छ । अर्काेतर्फ हिन्दू संस्कृतिभित्र रहेका कतिपय कुसंस्कारलाई अन्त्य गर्नुको सट्टा त्यस्ता गलत प्रवृत्तिलाई थप प्रोत्साहन गरिरहेको देखिन्छ । जसले गर्दा यहााको मौलिक धर्म संस्कृतिप्रति विस्तारै विकर्षण पैदा गर्ने गरेको छ । यस्ता विविध विकृति एवं गलत परम्परालाई अन्त्य गर्दै हरेक नागरिकले आफ्नो चाडपर्वलाई खुशीको पर्वका रूपमा मनाउने वातावरण बनाउन राज्यले समेत ध्यान दिन आवश्यक छ । समाजमा हुने विकृति एवं तडकभडकलाई मात्र रोक्नसके पनि दशैं जस्ता महत्वपूर्ण पर्वहरू कसैका लागि दशा बन्ने अवस्था सिर्जना हुादैन । त्यसैले सबैले यस्ता कुरामा ध्यान दिादै सबैले मौलिक र परम्परागत ढंगले दशैंको खुशी साट्नसक्ने अवस्था सिर्जना गर्न आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here