बडा दशैंको सबैलाई शुभकामना !

467

हिन्दूहरूको महान् पर्व बडा दशैं सुरु भइसकेको छ । बडा दशैंको छैटाौ दिन आज हिन्दूजनहरूले परम्परागत र धार्मिक मान्यताअनुसार पूजाआजा गर्दै मनाउादै छन् । घटस्थापनाको दिन घर–घरमा जमरा राखेर सुरु भएको बडा दशैं नेपालीमात्रको महान् चाड हो । लामो समयसम्म टाढा रहेका आफन्तहरूको मिलन बनाउने पर्वका रूपमा समेत मनाउने गरिएको यो पर्व अनेक आशा, आकांक्षा र सपनाहरू बोकेर आएको हुन्छ । विविध धर्म, संस्कृति र चाडपर्वहरूको देश नेपालमा दशैं यस्तै पर्व मध्येको एक हो । देशको सबैभन्दा ठूलो चाडका रूपमा मानिंदै आएको दशैंले नेपाली जनहरूमा खुशीको अनुभूति दिलाउाछ ।

असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रूपमा मानिने दशैंले ऐतिहासिक कालदेखि नै नेपालीहरूमा उत्साह, उमंग र जोशजाागरका साथ दशैंको खुशीयाली छाउने गरेको छ । सांस्कृतिक रीतिरिवाज र परम्पराअनुसार नयाा लुगा लगाउने खसीबोका काट्ने, मीठा–मीठा परिकारहरू खाने तथा आफूभन्दा ज्येष्ठ सदस्यहरूसाग यश, कीर्ति आरोग्य र वैभवको आशीर्वाद दिने प्रचलन रहेको हुन्छ । यस अवधिमा विद्यालय, कलेज तथा सरकारी एवं निजी क्षेत्रले समेत कामदारलाई लामो समय विदा दिने गर्छन् । यसले नेपाली समाजमा दशैंको महत्वलाई दर्शाउाछ ।

नेपाली समाजमा दशैंको अर्काे पाटो पनि छ । एकथरि मानिसहरू छानी–छानी महंगा लुगा र गरगहना खरिद गर्ने प्रतिस्पर्धामा उत्रिन्छन् र मीठा परिकारहरू फालाफालको अवस्थाबीच एक पक्ष गुज्रिएको हुन्छ भने अर्काे पक्ष दशैंको एक दिन पनि एक छाक खान नपुग्ने अवस्थाबीच गुज्रिएको हुन्छ । हाम्रो समाजको यो स्थिति वास्तवमै दु:खद छ । एक छाक खान नपुग्नेहरूकै बहुमत रहेको हाम्रो देशको संसद्मा समेत खान नपुग्नेहरूकै मत पाएकाहरूको बहुमत रहेको छ । तर पनि दशैंको खुशीयाली हुनेखानेहरूका लागि हुने गरेको छ । लाखौंलाख युवाहरू यही दुष्ट गरिबीका कारण यस्तो महत्वपूर्ण चाडका समयमा पनि खाडीका मरुभूमि र विदेशका गल्लीहरूमा पसिना चुहाउन बाध्य बनाइएका छन् । सुदूर र मध्यपश्चिम क्षेत्रका दुर्गम ठाउाहरूका कथा झन् बेग्लै छन् । त्यहाा कतिपय परिवारले दशैं मान्नका लागि नुन किन्न समेत पाइरहेका छैनन् । अनिकाल र अस्वस्थताले जनता बााच्नै नसक्ने अवस्थाबीच गुज्रिनुपर्ने स्थिति छ । ती बस्तीका जनताहरू दशैंलाई दशाका रूपमा समेत हेर्ने गर्छन् ।

दशैंको मौका छोपेर कालाबजारियाहरू, तस्करहरू, मुनाफाखोरहरू र भ्रष्टाचारीहरू समाजमा अर्काे आतंक मच्चाउने गर्दछ । हुन त उनीहरूका लागि वर्षैभरि दशैं पर्व आइरहेको हुन्छ । जब सााच्चैको दशैं नेपालीहरूको घर आागनमा आइपुग्छ यस्ता तत्वहरू समाजमा अभाव सृजना गरेर आफू फाइदामा रहने गर्दछन् । यस्ता तत्वहरूमाथि सरकारले निगरानी बढाएर जनतालाई राहत दिन सक्नुपर्छ ।

हिन्दू नेपालीहरूको साझापर्व दशै कतिपय कारणले अझै पनि साझा पर्व हुन सकिरहेको छैन । धार्मिक तथा सांस्कृतिक मान्यता बोकेको यो पर्व परम्परागत मान्यतामा भन्दा पनि हुनेखानेको पर्व मात्र हुने अवस्था सिर्जना हुादै गइरहेको छ । जब कि सम्भ्रान्तवर्गका लागि खर्च वा तडकभडक देखाउनका लागि दशैं नै कुर्नुपर्ने अवस्था पनि छैन । त्यसैले यसको धार्मिक एवं सांस्कृतिक तथा सामाजिक मान्यतालाई मध्यनजर गर्दै सबैको साझा पर्व हुने अवस्था सिर्जना गर्ने दायित्व सबैको हो । यस्तो महान् पर्वको महत्वलाई अझ वृद्धि गर्न सबै पक्षको भूमिका महत्वपूर्ण छ । अन्त्यमा दशैंले सबैको घर–घरमा सुख, शान्ति र समृद्धि ल्याइदियोस् बडा दशैं २०७३ को अवसरमा सबैलाई शुभकामना ! अब हाम्रो भेट कात्तिक ४ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here