मोदी र प्रचण्डको सहयात्रा बाघ र बाख्राको भन्दा फरक हुने छैन

134

निमकान्त पाण्डे

हालै भारतको भ्रमण सकेर नेपाल फर्किनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेता मानेको भन्दै फुरुङ्ग मात्र हुनुभएन, खुशीको खबर पार्टीको बैठकमा समेत राख्न भ्याउनु भयो  । तर उहााले त्यो खुशी साट्न नपाउादै पार्टीभित्रसम्म आलोचना सुरु भइसकेको थियो । नेपालका नेताहरुलाई भारतीयहरुले खासै महत्व दिादैनन् भन्ने आम मान्यताविपरीत भारतीय प्रधानमन्त्रीले नै प्रचण्डलाई नेता भनेपछि प्रचण्ड खुशी नहुने कुरै थिएन । पछिल्लो समय मुलुकभित्र समेत खासै महत्व पाउन छाडेका बेला आफूलाई दक्षिण एसियाकै ‘दादा’ ठान्ने देशका सरकार प्रमुखबाट प्रशंसा पाउनु चानचुने विषय त होइन नै, तथापि मोदीले देखाइरहेको खातिरदारी भित्र केही स्वार्थ अवस्य छ भन्ने कुरा अरु सबैले बुझिरहेको अवस्थामा प्रचण्डले बुझन नसक्दा भ्रमणबाट फर्किएपछि विपक्षीहरुको तारो बन्नुपरिरहेको छ ।

राजनीतिमा ‘चतुर’ खेलाडी मानिएका मोदीले आफ्नो प्रभाव विस्तार गर्न यसअघि पनि विभिन्न हत्कण्डाहरु अपनाउने गरेका छन् । सेप्टेम्बर २०१४मा नरेन्द्र मोदीले आफ्नो जन्मदिनका अवसरमा चिनियाा राष्ट्रपति सी जिङ पिङलाई आफ्नै गृह सहर गुजरातमा स्वागत गरे । सामान्यतया विदेशी राष्ट्रप्रमुख अर्काे मुलुकमा भ्रमण गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउने प्रचलन भए पनि विगतको परम्परालाई तोड्दै विश्व शक्तिको रुपमा उदाउादै गरेको चीनका राष्ट्रपतिलाई आफ्नै गृह सहरमा ल्याएर विश्वका माझ चीन र भारतको सम्बन्ध निकै सुमधुर रहेको मात्र देखाएनन्, आफ्नो जन्मदिनमा आफ्नै गृहनगरमा आएर चिनियाा राष्ट्रपतिबाट जन्मदिनको शुभकामना लिएर व्यक्तिगत रुपमा पनि सम्बन्ध सुमधुर रहेको सन्देश दिए ।

डिसेम्बर २०१५मा अफगानिस्तानको भ्रमणमा निस्किएका मोदीले त्यहााबाट फर्कने क्रममा पाकिस्तानमा उत्रिएर आफ्ना समकक्षी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सरप्राइज नै दिए । भारत र पाकिस्तानबीच चिसो सम्बन्ध रहेका बेला नवाज सरिफको जन्मदिनको अवसरमा पाकिस्तान पुगेर उनले जन्मदिनको शुभकामना मात्र दिएनन्, विश्वको नजर रहेको भारत–पाकिस्तान सम्बन्ध सामान्य अवस्थामा छ भन्ने सन्देश पनि दिन खोजे । त्यसो त मे २०१४मा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो शपथग्रहण कार्यक्रममा पहिलो पटक सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरेर मोदीले दक्षिण एसियामा राम्रो सम्बन्ध बनाउन खोजेको सन्देश दिएका थिए । उनको निमन्त्रणालाई स्वीकारेर पाकिस्तानका प्रधानमन्त्री सरिफले समेत सहभागिता जनाएका थिए । तर अहिले भारत र पाकिस्तानको सम्बन्ध कुन अवस्थाबाट गुज्रिरहेको छ ? त्यसले नै मोदीको चालबाजीलाई पुष्टि गर्छ ।

शक्तिशाली  भनिएका मुलुकका सरकार प्रमुखलाई त सहजै आफ्नो प्रभावमा पार्न सक्ने मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई प्रभाव पार्न नसक्ने कुरै थिएन । तर त्यसलाई प्रचण्डले जसरी बुझ्नुभयो, त्यो बुझाई नै गलत थियो भनेर निष्कर्ष निकाल्न सकिन्छ । भ्रमणका क्रममा प्रचण्डको गुणगान गाएर प्रभावमा पार्न सफल भएका मोदीले भ्रमणको अन्तिममा संयुक्त विज्ञप्तिमार्फत झुक्याइसकेका रहेछन् भन्ने कुरा विज्ञप्तिका केही बुादाहरुले स्पष्ट गरेका छन् ।  तर हाम्रा प्रधानमन्त्री प्रचण्ड भने आफूलाई कसरी झुक्याइादै छ भन्दा पनि मोदीले गरेको क्षणिक प्रशंसामै रमाउादा गरिएको गल्तीले मुलुक एक किसिमले भुटानीकरणको अवस्थामा पुगेको छ, यदि त्यो गल्तीलाई सच्याउन सकिएन भने ।

मोदीको चतुर चाललाई नबुझेर निकै प्रफुल्लित बनेका प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट नेपालका लागि प्रस्थान गर्दासम्म आफ्नो भ्रमण निकै उत्साहजनक भएको भ्रममा हुनुहुन्थ्यो । उहाालाई आफू ठगिएको त्यतिबेला मात्र महसुस भयो जतिबेला उहाा नेपालमा आइसकेपछि दिल्लीमा गरेका सम्झौताप्रति आक्रोश बढिरहेको थियो । सम्भवत: प्रचण्ड आफौले पनि दिल्लीमा सार्वजनिक भएका बुादाहरु गहिरोसाग अध्ययन गर्न भ्याउनु भएन । त्यसैले पनि हुनसक्छ विरोधपछि उहाा आफौले पनि सम्झौतामा उल्लेख भएका भाषाचयन नमिलेकोमा आफू पनि सहमत भएको कुरा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘प्रधानमन्त्रीसाग सिधा कुरा’ कार्यक्रममार्फत स्वीकार गर्नुभएको छ । तथापि त्यो शब्दचयनको विषयमात्र नभएर नेपालले सम्झौतामा उल्लेख गरेअनुसारको काम गर्ने प्रतिबद्धता भएकाले त्यसलाई भाषासाग जोडेर उम्किन मिल्ने अवस्था रहादैन ।

विश्व राजनीतिलाई नजिकबाट बुझेका मोदीसाग हिमचिम बढेको अनुमान गरेका प्रचण्डले आत्मरतीमा रमाउनु उहाको लागि नै दुर्भाग्यपूर्ण हुने निश्चित छ । किनभने अहिलेको अवस्थामा मोदी र प्रचण्डको सम्बन्ध भनेको बाघ र बाख्रा जस्तै हो । विश्व शक्तिमा उदाउादै गरेको भारत जसले छिमेकी मुलुकलाई सकेसम्म आफौभित्र गाभ्ने नभए आफू अनुकूल सञ्चालन गर्ने अभियानमा लागेको छ । उसको यो नीतिबाट अहिले सबैभन्दा प्रभावित कोही छ भने त्यो नेपाल देश नै हो । यसरी भारतको आहार बन्न खोजिरहेको नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको सम्बन्धलाई विश्वास गर्नु भनेको बाघले आफ्नो शिकार बाख्रालाई खानुभन्दा पहिले खेलाएजस्तै मात्र हो अर्थात् यी दुईको सम्बन्ध बाघ र बाख्राको जस्तै हो । यो कुरा नबुझेर प्रचण्डले मोदीलाई आफ्नो मित्र वा प्रशंसक ठानेर  क्षणिक उत्साहमा आउनु भनेको दुर्भाग्यपूर्ण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here