त्रिविले माग्याे २६ जना उपप्राध्यापक

59

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ।

सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो। करार अवधि कम्तिमा १ वर्ष भनिएको छ।

योग्य तथा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here