अवैध लागूऔषधसहित पक्राउ

42

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामालाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले लामाको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here