दुबई निरन्तर नेपाली चलचित्र चल्ने

177

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्रहरूको माग बढ्न थालेको छ । विशेषगरी नेपालीहरू विभिन्न देशमा पुगेपछि ती देशहरूमा नेपाली चलचित्रहरूको माग उच्च रूपमा देखापरेको हो । त्यसै क्रममा हलिउड र बलिउड चलचित्र जस्तै दुबईमा अब नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । अरबिक सवटाइटल राखेर हलिउड र बलिउड चलचित्र दुबईमा प्रदर्शन हुादै आएका थिए । अब, सोही शैलीमा नेपाली चलचित्रले पनि स्थान पाउने भएका छन् ।

दुबईमा चलचित्र सेन्सर गरेर प्रदर्शन गर्नुपर्नेछ । चलचित्र विकास बोर्डको पहलमा कन्सेप्ट भिजन प्रालिले नेपालमा जस्तै गरी दुबईमा चलचित्र प्रदर्शन गर्न सुरु गरेको हो ।

पहिलो चरणमा चलचित्र ‘वीर विक्रम’ १६ वटा हलमा ३–३ शो प्रदर्शन भएको छ । यसको शुभारम्भ गर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई दुबई पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here