एनसेलको नयाँ योजना ‘रोमिङ कम्बो प्याक’

230

काठमाडौं÷ नयाँ व्यवस्थापनका साथ आक्रामक रूपमा सेवा विस्तारमा आएको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘रोमिङ्कम्बो प्याक’ योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकले रोमिङमा रहेको बेलामा करसहित मात्र एक हजार ५ सयमा भ्वाइस, एसएमएस र डेटा प्याकको सुविधा लिनसक्ने जनाइएको छ । कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया र थाइल्याण्डलगायतका २५ देशमा कात्तिक २२ देखि लागू गरिएको छ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफू सम्बन्धित रोमिङ देशमा रहँदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमनकल, २५ एसएमएस र २५ एमबी डेटा पाउने कम्पनीले जनाएको छ । प्याकअन्र्तगत उपलब्ध हुने यी सेवाको प्रयोग गर्ने समयावधि ३० दिनको हुने जनाइएको छ ।
कम्बो प्याक लिई भारत यात्रामा जाने एनसेलका ग्राहकले यस योजनाअन्तर्गत १२ हजार ५ सय बचत गर्न सक्नेछन् । विना प्याक भारतमा रोमिङमा रहँदा भ्वाइसको २५ प्रतिमिनेट, प्रतिएसएमएस १० र डेटाको शुल्क प्रतिएमबी ५०० लाग्छ । यसरी प्याकअन्र्तगत पाइने भोल्युमका सेवाहरूका लागि विनाप्याक प्रयोग गर्दा ग्राहकले १४ हजार ५ सय खर्च गनुपर्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here