राष्ट्रियताका लागि तीन दल आन्दोलित

260

काठमाडौं÷ राष्ट्रियताका सन्दर्भमा कार्यगत एकता गर्ने प्रतिबद्धता जनाएका तीन वामदलहरू नेकपा मसाल, क्रान्तिकारी माओवादी तथा माओवादीले राष्ट्रियताका पक्षमा संयुक्त जनप्रदर्शन तथा आन्दोलन गर्ने निर्णय गरेका छन् ।
अस्ति मंगलबार तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुस १६ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्ने, पुस २२ गते अपर कर्णाली परियोजनाविरुद्ध सुर्खेतमा विशाल जनप्रदर्शन गर्ने, पुस २५ गते अरुण ३ परियोजनाविरुद्ध संखुवासभामा जनप्रदर्शन गर्ने तथा पुस २९ गते विराटनगरमा अनधिकृत रूपमा बसिरहेको भारतीय काउन्सिलर कार्यालयविरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
नेकपा मसालका अध्यक्ष मोहन विक्रम सिंह, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण तथा नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै तीन दलले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here