संयमित बन्न भारतलाई चीनको सुझाव

138

काठमाडौं÷ नेपाल र चीनबीचमा १० फरवरी, २०१० मा हुने भनिएको संयुक्त सैन्य अभ्यासका विषयमा भारतीय मिडिमा व्यापक चासो चिन्ता व्यक्त भएपछि चीनले यस विषयमा धेरै सशंकित नहुन भारतलाई चेनावनी दिएको छ । चाइनिज एकेडेमि अफ सोसियल साइन्सअन्तर्गतको नेशनल इन्सिच्युट अफ इन्टरनेशनल इस्टाटेजीका वरिष्ठ अध्ययता सु लिपिङ्गले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा एक आलेख लेख्दै भारतलाई यस्तो चेतावनी दिएका हुन् । उनले भारतीय मिडियाले यस विषयमा अनावश्यक प्रचार गरेर नेपालमाथि दबाब दिन खोजेको लिपिङ्गको आरोप छ । उनले भारतले दक्षिण एशियाली मुलुकहरूलाई आफ्नो पछुवा बनाउन खोजेको समेत आरोप लगाएका छन् । लिपिङ्गले अगाडि लेखेका छन्, ‘चीन–नेपाल सहकार्यप्रति भारतले नेपालमा चिनियाँ प्रभाव बढेको भन्दै निकै चासो राख्ने गरेको छ । जब कि यी दुई मुलुककाबीचमा महत्वपूर्ण भौगोलिक अवस्था रहको छ । हाल चीन र नेपालको सीमालाई हिमालले छुट्याएको छ । यदि चीनले हिमालयलाई छेडेर नेपालमा उपस्थिति जनाएको खण्डमा दक्षिण एशियाली क्षेत्रमा चीनको प्रत्यक्ष प्रभाव बढ्ने भारतको चिन्ता छ । यसबाट भारतमाथि ठूलो चुनौति थपिने र उसको दक्षिण एशियाको रणनीतिमा पनि असर पर्नेमा उसको बुझाइ छ । जब कि चीन र नेपालबीचको सहयोग र सहकार्य कुनै तेस्रो पक्षका विरुद्ध नभएर आफ्नो राष्ट्रिय स्वार्थको प्रवद्र्धन र रक्षाका लागि मात्र हो । भारतीय सरकारी सञ्चार माध्यम तथा शैक्षिक शर्कलहरूले दुई देशको सुरक्षा सहयोगलाई राम्रोसँग अध्ययन नै गरेका छैनन ।’
उक्त आलेखमा भनिएको छ, –नेपाल र भारतबीमा कतिपय ऐतिहासिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सुरक्षासम्बन्धी अन्तरनिर्भरता रहेका छन् । त्यसैले नेपालमा भारतीय प्रभावलाई नकार्न मिल्दैन, तर भारतले सधैंभरि चीन–नेपाल सहयोगमाथि दबाब दिएर नेपाल सधैंभर आफ्नो पछुवा बनोस् भन्ने कुरा न त यथार्थ हुन सक्छ न सम्भव नै छ । दक्षिण एशियाली मुलुक एक अर्कासँग सहकार्य गर्न चाहन्छन्, तर भारत एक्लैले सहकार्यलाई प्रवद्र्धन गर्न चाहिरहेको छैन । भारत एउटा क्षेत्रीय शक्ति हा,े त्यसैले पनि ऊ दक्षिण एशियाली मुलुकहरूको अन्य बाहिरी मुलुकसँगको सुरक्षा र आर्थिक सम्बन्धका विषयमा बढी खुल्ला हुनुपर्छ । यो त भारतसँगको द्वन्द्वभन्दा पनि दक्षिण एशियामा शान्ति र स्थायित्व कायम गर्नका लागि राम्रो अवसर हो ।
यसैबीच चीनले भारतले सोमबार परीक्षण गरेको अग्नि–५ ब्यालिस्टिक मिसाइलप्रति चासो व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुअ चुन्वाइङले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन त्यस विषयमा जानकार रहेको र उक्त परिक्षण चीनलाई चुनौति दिनका लागि गरिएको भन्ने रिपोर्टहरू पनि प्राप्त भएको जनाएकी छिन् । उनले चीन जहिले पनि दक्षिण एशियामा शान्ति र समृद्धि होस भन्ने पक्षमा रहेको जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here