विमानलाई खराब परिस्थितिका बारेमा जानकारी दिने उपग्रह

276

एजेन्सी, अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन एनओएए( नेशनल ओसेनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन) ले विमानलाई खराब स्थितिका बारेमा जानकारी दिने उपग्रह अन्तरिक्षमा पठाएको छ । एनओएएले यो उपग्रहले बादलका तरंगका बारेमा स्पष्ट तस्विर पृथ्वीमा पठाउन सक्ने जनाएको छ । बादलका तरंगले नै वायुमण्डलमा हलचल पैदा हुने एनओएएले जनाएको छ । यसका अतिरिक्त उक्त उपग्रहले हावाको गति, कुहीरो, आइस र बिजुलीका बारेमा धेरै अनुमान गर्न सक्ने एनओएएले दाबी गरेको छ । यो उपग्रह अन्तरिक्षमा पठाइएकोमा पाईलटहरुले खुसी व्यक्त गरेका छन् । सन २०१७ को मध्यसम्ममा उक्त उपग्रहले विभिन्न तथ्यांकहरु पठाउन सुरु गर्ने छ । उपग्रहले पठाउने तथ्यांक तथा तस्विरको आधारमा एयरलाइन कम्पनी तथा पाइलटहरुलाई सुरक्षीत रुट बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । हाल जीओईस–आर उपग्रहलाई विश्वको सबैभन्दा उन्नत मौसम उपग्रह मानिन्छ । नयाँ उपग्रहले आँधी, बाढी, ज्वालामुखीबाट निस्कने बादल, जंगलमा लागेको आगो तथा चट्यानले भरिएको आँधीका बारेमा पनि छिटो भन्दा छिटो जानकारी दिनसक्ने दाबी गरिएको छ । करिब एक अर्ब अमेरिकी डलर खर्च गरेर निर्माण गरिएको यस उपग्रह आकाशलाई सुक्ष्म ढंगले अध्ययन गर्ने मामिलामा पुरानो संस्करणको तुलनामा पाँच गुँण छिटो गर्ने दाबी गरिएको छ । एनओएएका अनुसार नयाँ उपग्रहले पठाएका तस्वीरको रेज्युलेशन पनि पहिले भन्दा चार गुँणा स्तरिय हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here