कश्मिरी युुवाहरुको जीवन अन्धकार बनाउँदै भारत

191

मिर्जा वाहिद
‘कश्मिरमा चलिरहेको आन्दोलनमा भारतीय सुरक्षाकर्मीहरुले प्रयोग गर्ने स्टिलका छर्राहरु (जसलाई आधिकारिक रुपमा गैरघातक हतियार भनिन्छ) का कारण युवाहरु केही समयका लागि तथा कतिपय अवस्थामा सधैंको लागि समेत अन्धोपनको शिकार हुने गरेका छन् ।’
पछिल्ला केही दिनयता मेरो नजरमा दुईवटा तस्वीरहरु घुमिरहेका छन् । पहिलो तस्वीर हो, मानिसहरु सडकमा बगिरहेको रगतलाई बाल्टिनका बाल्टिन पानीले पखालिरहेको । भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा मारिएका आफ्ना नेताको शोकमा सडकमा उत्रिरहेका हजाराँै मानिसहरुमाथि भारतीय सुरक्षाकर्मीहरुले गोली वर्षाउँदा ९ जुलाईयता मात्र ४५ जना कश्मिरीले ज्यान गुमाइसकेका छन् । त्यस्तै, दोस्रो हो कैयाँै कश्मिरी युवाहरुको आँखामा मलमपट्टि लगाइएको दृश्य । भारतीय सुरक्षाकर्मीले आन्दोलनका क्रममा प्रहार गरेको स्टिलको छर्रा प्रदर्शनकारी युवाहरुको आँखामा लागेको छ । जसले गर्दा उनीहरुको आँखाबाट छर्रा निकाल्नुभन्दा पहिले तथा सर्जरी गरिसकेपछि आँखामा पट्टी लगाइएको छ । कश्मिरी आन्दोलनकारीहरुमाथि स्टिलका छर्रा प्रयोग गर्नु त्यहाँ खटिएका भारतीय सुरक्षाकर्मीहरुको नियमितको काम बनेको छ ।
पहिलो तस्वीरको साक्षी म आफैँ हो अर्थात् यो मेरो सम्पूर्ण जीवन नै पहिलो तस्वीरको साक्षी हो । भारतीय सुरक्षाकर्मी तथा राज्य प्रहरीले भारतीय नियमलाई कश्मिरमा लादन कश्मिरी आन्दोलनकारीहरुमाथि गोली वर्षाइरहेका छन् । यहाँ धेरै लामो समयदेखि यस्तो भइरहेको छ । कश्मिरमा सशस्त्र दमन सुरु भएको २७ वर्ष पुगिसकेको छ । १९४७ मा ब्रिटिशले कश्मिर समस्या समाधान नगरी छाडेको इतिहास पल्टाउने हो भने कश्मिर समस्या सुरु भएको सात दशक पुगिसकेको छ । अझ जुलाई १९३१ मा राजाको सेनाले २२ जना आन्दोलनकारीहरुलाई हत्या गरेको समयमा फर्कने हो भने कश्मिर समस्या सुरु भएको आठ दशक पुगिसकेको छ ।
दोस्रो तस्वीर अलि नयाँ हो । सन २०१० देखि कश्मिरमा गैरघातक हरियारको प्रयोग गर्न थालियो । जुन तस्वीरले तपाईहरुलाई पनि पछ्याइरहेको छ । शरीर रगतले लटपटिएको छ, आँखा बन्द छ । साथै आँखाको ज्योति सधैंका लागि गुमाउने चिन्ता त छँदै छ । भारतीय सेनाले यस्ता किसिमका बर्बरता पछिल्लो समय थप बढिरहेका छन् । दुई दिनको अवधिमा झण्डै दुई हजार मानिसहरु भारतीय सुरक्षाकर्मीको आक्रमणमा गम्भीर घाइते बनेका छन् । भारतीय अर्ध सैनिक बलहरुले एम्बुलेन्स तोडफोड गर्ने तथा घरका झ्यालहरु तोड्ने जस्ता उश्रृङ्खल गतिविधिहरु गरिरहेका छन् भने भारत सरकार तथा उसको मातहतका निकायले सूचना आदानप्रदान, सामाजिक सञ्जाल तथा नागरिकका अधिकारहरुमाथि बन्देज लगाउँदै लगभग जताजतै कफ्र्युको अवस्था सिर्जना गरिरहेका छन् । दक्षिणी कश्मिर जहाँ ठूलो संख्यामा मानिसहरुको हत्या भएको थियो त्यहाँ फोनका रिङहरु बज्दैनन्, इन्टरनेट ब्लक गरिएको छ ।
कश्मिर भ्रमण गरेका एक जना साथीका अनुसार गम्भीर घाइतेहरुलाई अस्पतालको सुविधा छैन, साथै उनीहरुले औषधिसम्म पनि पाइरहेका छैनन् । कश्मिरमा दशकौं लामो घेराबन्दीपश्चात् अहिले अझ गम्भीर किसिमको घेराबन्दी भइरहेको छ । यस विषयमा विश्वले जान्ने चाहन्न । सबैलाई विश्वास छ भारत प्रजातान्त्रिक मुलक हो ।
कश्मिरका विषयमा भारतले सत्य कुुुरा बाहिर ल्याउनै चाहँदैन । कश्मिर आफ्नो आन्तरिक मामिला भएको भन्दै भारतले आफ्नो प्रभावमा रहेका मिडिया र नागरिकमार्फत कश्मिरमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ । कश्मिरमा कुनै समस्या आउँदा भारतले त्यसको दोष पाकिस्तानी जिहाद्दी समूहमाथि लगाउने गरेको छ ।
भारतले हाल वास्तविकतालाई भन्दा कल्पनालाई विश्वास गर्न थालेको छ । राजनीतिक माग राखेर प्रदर्शन गरिरहेका कस्मिरीहरुमाथि प्रत्येक पटक गोलीप्रहार गरेर समस्या समाधानको प्रयास गर्ने उसको व्यवहारले यही पुष्टि गर्छ । भारतीय व्यवहार हेर्दा यस्तो लाग्छ, कश्मिरीहरुमाथि क्रूर दमन र हिंसा गर्नु नै भारतको दायित्व हो । सन् २००८ मा भारतले सयाँै एकड जमिन मन्दिरको ट्रस्टलाई दिएपछि त्यसको विरोध गर्दा ६० जना मानिसहरु आन्दोलनका क्रममा मारिएका थिए । भारतले बहुसंख्यक मुस्लिम भएको क्षेत्रको जनसंख्यामा पनि परिवर्तन गर्न खोजेको भन्दै उनीहरु आन्दोलित भएका थिए । २००९ मा दक्षिण कश्मिरका दुई महिलाहरुको बलात्कारपछि हत्या भए पनि त्यसलाई आधिकारिक निकायले अस्वीकार गरेपछि दुई हप्तासम्म आन्दोलन भएको थियो । २०१० मा युवायुवतीसहितका १२० जनालाई कश्मिरको सडकहरुमा हत्या गरियो । जसका कारण सयाँै परिवार तहसनहस भए । तर त्यो हत्याको आरोप एक जना पनि सुरक्षा दस्ताका सदस्यहरुलाई लगाइएन । जसले गर्दा सैनिकहरुले समयसमयमा यस्ता घटना दोहो¥याइरहन्छन् ।
कश्मिर र दिल्लीका नीतिनिर्माताहरुले विचार विमर्श गर्न आवश्यक छ, बहुसंख्यक मानिसहरु जो आफूलाई भारतसँग राख्न चाहँदैनन्, उनीहरुमाथि कस्तो किसिमको हतियार प्रयोग गर्ने भनेर । तर उनीहरुले त्यस्तो कहिल्यै गर्दैनन् । राज्यले कसरी हुन्छ आन्दोलनलाई असफल बनाउने र प्रदर्शनकारीहरुलाई घाइते बनाउने तर नमार्ने रणनीति लिइरहेको छ । प्रदर्शनमा बक्सट गन, पेलेट ग्रिनेड र गैरघातक हतियारहरु प्रयोग भइरहेको जनाइएको छ । कश्मिरको गम्भीर समस्यालाई सामान्यीकरण गर्न खोजिएको छ । यसले मलाई के महसुस भएको छ भने कस्मिरी युवाहरुले केही राहत पाइरहेका छन्, कम्तीमा ज्यानमारा गोलीको सामना त गर्न परिरहेको छैन ।
पछिल्लो सातायता मात्र कश्मिरमा डाक्टरहरुले १५० भन्दा बढी आँखाको अप्रेशन गरेर गोलीका छर्राहरु आँखाको रेटिनाबाट निकालेका छन् । त्यसमध्ये अधिकांश बिरामीले आँखाको रोसनी गुमाएको एक जाक्टरले जानकारी दिए । यो मृत्युभन्दा पनि भयानक हो । अर्काे एक जनाले भने, कुनै अन्य देशले युवाहरुलाई अन्धो बनाउन पाउँदैन ।
प्रदर्शनका क्रममा मारिएकाहरुलाई चिहानमा गाडिएको छ । अधिकांश क्षेत्रमा उनीहरुको सम्झना गरिएको छ । जो घाइते छन्, उनीहरुले आंशिक वा पूर्णरुपमा अन्धकार जीवन जिउनुपर्नेछ । कस्मिरीहरु भन्छन्, ‘आजादी अथवा स्वतन्त्रता’ यो नै उपयुक्त र राम्रो विकल्प हो । ‘द गार्जियन’ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here