एकअर्काको लुगा फुकाल्ने अचम्मको शो

189

अस्ट्रेलियाको टिभी च्यानल एसबीएसमा टेलिकास्ट सुरु भएको रियालिटी शोको नाम ‘अनड्रेस्ड’ हो । यसको काम पनि नाम अनुसारकै छ । यसमा आपसमा अपरिचित दुई व्यक्तिहरुलाई एकअर्काको लुगा फुकाल्न लगाइन्छ ।
प्रत्येक हप्ताको सोमबार टेलिभिजनमा आउने यो रियालिटी शो १६ जनवरीबाट सुरु भएको हो । यसमा यस्ता जोडीहरु हुन्छन् जो विगतमा कहिल्यै भेट भएका थिएनन् । पहिलो भेटमै उनीहरुले एकअर्काको लुगा फुकालेर नांगै बनाउनुपर्छ । त्यसपछि उनीहरु एउटै ओछ्यानमा आधा घन्टा एकअर्कालाई अंगालेर सुत्नुपर्छ । सुत्ने क्रममा शारीरिक सम्बन्ध भने राख्न पाइँदैन । बरु उनीहरुले एकअर्कालाई मसाजचाहिं गर्न सक्छन् ।
सुत्ने क्रममा प्रत्येक जोडीले रोमान्टिक र यौनजन्य सवालजवाफ गर्नुपर्छ । जस्तैः पहिलोपटक सेक्स गर्दाको अनुभव कस्तो रह्यो ? के तिमी असल चुम्बनकर्ता हौ ? तिम्रो कति इन्चको छ ? आदि । आधा घन्टाको सवालजवाफपछि दुई जनाले एकअर्कालाई मन पराएको खण्डमा उनीहरु प्रेमीप्रेमिका बनेर बस्न सक्छन् । अन्यथा शो छोडेर आ–आफ्नो बाटो लाग्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here