एमाले समर्थकलाई घरघरमा धम्की

131

काठमाडौं÷ तराई क्षेत्र अराजक बन्दै गइरहेको छ । नेकपा एमालेले सुरु गरेको राजनीतिक अभियानलाई असफल तुल्याउन मधेस केन्द्रित राजनीतिक दलहरूले गरेको अवरोधपछि सृजना भएको द्वन्द हिंसामा परिणत भएको छ । तीन जना अराजनीतिक सर्वसाधारणको हत्या भएपछि तराई क्षेत्रमा आतंक बढेको छ । एमालेले आफ्नो अभियान तीन दिनका लागि बन्द गरेपछि स्थानीय एमाले कार्यकर्ताहरूका घरघरमा पुगेर मधेसी मोर्चाका स्थानीय नेता, कार्यकर्ताहरूले धम्की दिने र घर घेराउ गर्नेसम्मका गतिविधि गरिरहेको एमाले सूत्रले जानकारी गराएको छ ।
सप्तरीका एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, सचिव शम्भु यादव र प्रताप नारायण चौधरीलगायतका नेताहरू धम्कीकै कारण सदरमुकामबाट बाहिरिन बाध्य भएका छन् । ०६२÷०६३ को आन्दोलनपछि पहाडीहरूलाई तराई क्षेत्रबाट लखेट्ने अभियान चलेको थियो, यसपटक एमालेलाई लखेट्ने अभियान सुरु भएको छ । सप्तरीमा भएको यो घटनाले सम्पूर्ण तराई क्षेत्रलाई प्रभावित तुल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here