प्रज्ञा भवनमा लमजुङको विशेष कला प्रदर्शनी हुने

392

मल्टिमिडिया इन्टरनेशनल प्रा.लि.को आयोजनामा चैत १२ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा लमजुङको विशेष कला संस्कृति प्रर्दशन गरिने भएको छ । उक्त विशेष लमजुङ सांस्कृतिक समारोहको मुख्य उद्देश्य लमजुङको कलासंस्कृतिको प्रवद्र्धनका कार्यमा सहयोग गर्नु र बचेको रकमलाई असहाय वृद्धवृद्धा, बालबालिका तथा अपाङहरूको सहयोगार्थ गर्न लागिएको आयोजक संस्थाका प्रबन्धकले जनाएका छन् ।
उनका अनुसार उक्त सांस्कृतिक समारोहमा लमजुङमा प्रचलित ठाडोभाका, लोकदोहोरी, घाँटु, बालुन, कौडा, चुड्का, सोरठी, भजन, पन्चैबाजा, सारङ्गी, खैजडी, बाँसुरीको धुन तथा नृत्यहरूसमेत भव्यरूपमा प्रदर्शन हुनेछ ।
‘लमजुङ सांस्कृतिक समारोह’ नाममा प्रदर्शन गरिने उक्त कार्यक्रम राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख अतिथि हुनेछ । उक्त कार्यक्रममा ठाडोभाका शिरोमणि भेडीखर्के साइलासहित लमजुङका प्रसिद्ध कलाकारहरूद्वारा लमजुङकै ऐतिहासिक कला संस्कृतिकहरु प्रदर्शन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here