मुम्बई÷ सामाजिक सञ्जालमा बलिउडका सेलिब्रिटीहरु प्रायः एक्टिभ नै देखिन्छन् । तर, ऐश्वर्या राय यस्ती अभिनेत्री हुन् जो सामाजिक सञ्जालबाट आपूmलाई टाढा नै राख्छिन् । सुन्दरी ऐश्वर्या सामाजिक सञ्जालदेखि आपूm किन टाढा रहन्छिन् ? धेरै फ्यानहरुले यस्तै प्रश्न गर्ने गर्छन् । उनले यस्ता प्रश्नहरुको उत्तर हालै एक कार्यक्रममा दिएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई सामाजिक सञ्जालदेखि टाढै बस्न मनपर्छ । यसले मानिसलाई सुस्त बनाउने काम गर्छ ।’
उनका अनुसार सामाजिक सञ्जालमा रमाउने मानिसहरु सुस्त हुन्छन् । ‘मानिसहरु यति व्यस्त छन् घरपरिवारमा नै के भइरहेको छ त्यो पनि थाहा पाउँदैनन् र मोबाइलमा मात्र झुण्डिएर बस्ने गर्छन्’ उनले भनिन् ।


















