‘वीर्यका लागि’ शिक्षकमाथि बलात्कार

155

जिम्बाबेमा चार ‘वीर्य लुटेरा’ युवतीहरुको समूहले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर जबरजस्ती सेक्स गरेका छन् । सेक्सपछि उनलाई झाडीमा फालेर केटीहरु हिँडेका थिए । नाम नखुलेका करिब २० वर्षीय शिक्षकले प्रहरीलाई जनाएअनुसार उनलाई मिनिबसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । आफूलाई बलात्कारपछि अर्को शिकारको खोजीमा उनीहरु गाडी लिएर हिँडेको उनको भनाइ छ । घटनाको अनुसन्धानमा संलग्न एक सूत्रले शिक्षकलाई उदृत गर्दै भन्यो, ‘ड्राइभरले एकाएक गाडी रोके र एउटी केटीले तुरुन्तै मेरो आँखा छोपिन् भने अरु तीन जनाले झ्यानाकुटी पार्दै गाडीमा हाले । त्यसपछि मलाई बोतलबाट तरल पदार्थ पिउन भनियो । त्यो पिएपछि म लठ्ठ परेर ढलेँ ।
‘मलाई लठ्याएर चार केटीहरुले पालैपालो सेक्स गरे र वीर्य निकालेर लगे,’ शिक्षकले बयानमा भनेका छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले यसलाई निर्लज्ज उत्तेजनात्मक आक्रमणका रुपमा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here