यदि तपाई हाइवेमा हुनुहन्छ र तपाईको बाटो हेलिकाप्टरले रोकेको छ भने त्यसलाई तपाईले के सोच्नु हुन्छ । अझै त्यसमा पाइलटले बाटो सोध्नको लागि मात्र तपाईको बाटो रोकेको रहेछन् भने । यो सुन्दा अच्चम लाग्ला र यस्तो दृश्य चलचित्रमा मात्र देखिएको होला । तर, यस्तो घटना वास्तविक जीवनमा पनि घटेको छ ।
अहिले एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा एमआई ८ गनशिप मिलिट्रीको हेलिकाप्टरले कजाखस्तानको एक राजमार्ग अवतरण गर्दै राजमार्ग नै अवरोध गरिदिएको छ ।
त्यसो त यो भिडियो भाइरल भएसँगै कजाखस्तान रक्षा मन्त्रालयले एक विज्ञप्ति पनि जारी गरेको छ । जसमा भनिएको छ योजनाबद्ध ओरिएन्टियरिङ अभ्यास भएको थियो र अभ्यासको दौरान चालकले मानव सर्वेक्षणको माध्यमबाट दिशा पत्ता लगाउनुपर्ने थियो ।
मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरे पनि जनमानसबाट सामाजिक सञ्जालमा भने निकै खिल्ली उठाउनुको साथै आलोचनासमेत आएका छन् ।


















