जहाजभन्दा महँगो कुकुर

679

तपाईले धेरै कुकुर पाल्न शोख राख्ने मानिस त देख्नु भएकै होला । कुकुरको मूल्य हजारौ या लाखौ पर्ने गर्दछ । तर के तपाई कुकुरको मूल्यमा हवाईजहाज किन्न सक्नुहुन्छ ? केही समयअघि भारतको राजस्थान राज्यको राजधानी जयपुरमा भएको एक डग शोको आयोजना गरिएको थियो । उक्त डग शोमा विभिन्न देशका ४० ब्रीडका २०० कुकुरले भाग लिएका थिए ।
उक्त डग शोमा सबैको ध्यान तिब्बतियन मस्टीफ ब्रीडको कुकुरमा परेको थियो । झट्ट हेर्दा डरलाग्दो भालु जस्तो देखिने उक्त कुकुर मूल्य २४ करोडदेखि ४८ करोड पर्ने जनाइएको छ । २४ घन्टा एसीमा राखिने सो कुकुरको तौल ७० देखि ८० किलोग्राम रहेको छ । उक्त कुकुरले खाने खाना जर्मनबाट र बदाम इरानबाट ल्याउने गरिएको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here