धेरै पुँजी हुने सूचीमा नेपाल इन्भेष्टमेन्ट बैंक

255

काठमाडौं ÷ बैंक तथा वित्तीय संस्थामा पुँजीको आधारमा सबैभन्दा अग्र पाँच स्थानमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक रहेका छन् । कृषि विकास बैंकसँग कूल पुँजी कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्टको यो कोषमा १९ अर्ब ६६ करोड, हिमालयनमा ११ अर्ब ५२ करोड, एभरेष्टको ११ अर्ब ९ करोड र एनएमबीको १० अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकको तथ्यांकले देखाउँछ ।
बैंकहरुमा बिभिन्न माध्यमबाट उपलब्ध हुने पुँजी (निक्षेप बाहेक) हरुलाई बैंकहरुको कुल पुँजी कोषमा देखाइन्छ । यस्तो कोषमा रहने पुँजीलाई पनि दुई अलग शीर्षक मार्फत् देखाइएको हुन्छ, ती हुन् टियर वान र टियर टु । टियर वानमा सेयर पुँजी (चुक्ता पुँजी), अक्षय प्रकृतिको तर थपिदै नजाने अग्राधिकार कोष, अक्षय ऋण उपकारण लगायत राखिन्छन् । त्यस्तै टियर टुमा परिपक्व अवधि ५ वर्ष वा सोभन्दा माथी रहेका अग्राधिकार सेयर उपकरण, जनरल कर्जा नोक्सानी प्रावधानलगायतमा राखिने पुँजी हुन्छ ।
यसअघि चुक्ता पुँजी वृद्धि (वाणिज्य बैंकहरुको लागि २ अर्बको सीमा तोकिदा) ताका बैंकहरुले भने यसरी बाँकी रहने पुँजी साधारण वैधानिक जगेडा कोषमा राखेर बोनसको रुपमा वितरण गर्न सकिने सुविधा माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here