आज चीन भ्रमणमा जादै प्रधानमन्त्री प्रचण्ड

273

आगामी १४ गते राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निश्चित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका लागि आज त्यसतर्पm प्रस्थान गर्दै हुनुहुन्छ । दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुन चीन जान लाग्नु भएका प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणमा नजान सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकै दवाव दिएका थिए । देउवाको दवावका बाबजुद प्रधानमन्त्री प्रचण्ड आज चीन भ्रमण जाँदै हुनुहुन्छ । १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रचण्डको चीन भ्रमणलाई विश्लेषकहरूले आ–आफ्नो अर्थमा विश्लेषण गरिरहेका छन् । चीनको हाइनान प्रान्तस्थित बोआओ सम्मेलनमा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले चीनसँग विगतमा भएका समझदारीहरूको कार्यान्वयन र सम्भावित अन्य समझदारीहरूको बारेमा छलफल गर्नुहुने बालुवाटार सूत्रले जनाएको छ । प्रधानमन्त्रीले चैत १२ गते बुआओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । १४ चैतमा बेइजिङमा प्रधानमन्त्री प्रचण्डको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता हुने छ । बालुवाटार स्रोतले जनाएअनुसार ‘चिनियाँ राष्ट्रपतिले पूर्व निर्धारित आफ्नो कार्यक्रम सच्याएर प्रधानमन्त्री प्रचण्डसँग भेटको समय तालिका तय गर्नुभएको छ । चीनले प्रधानमन्त्रीको भ्रमणलाई विशेष महत्व दिएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डका समकक्षी चीनका प्रधानमन्त्री ली खछियाङ र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतका समकक्षी वाङ यी प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणका क्रममा चीनबाहिर हुने भएकाले उहाँहरूसँग भेटवार्ता नहुने भएको छ । यही आधारमा प्रधानमन्त्री प्रचण्डले सम्झौताहरूमा हस्ताक्षर गर्न नपाउने भन्ने विश्लेषण नेपाली मिडियाहरूमा निकै महत्वका साथ प्रचार भइरहेको छ ।
चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ (ओबिओआर)मा नेपाल सहभागी हुने विषयलगायत पारवहन तथा यातायातसम्बन्धी गतवर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी जिनपिङबीच छलफल हुने निश्चित भएको छ । छलफलका क्रममा नेपालको विकासका लागि चीनले गर्ने लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि र रेलवे पूर्वाधारलगायतका विषयहरू कार्यान्वयनका सवालमा पनि छलफल हुने कार्यक्रम तय भएको थाहा भएको छ ।

स्रोतले जनाएअनुसार प्रधानमन्त्री प्रचण्डको यसपटकको भ्रमणमा राष्ट्रपति र प्रधानमन्त्रीबीच हुने भेटवार्ताका क्रममा हुने समझदारीलाई चीनले विशेष महत्व दिएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रन्त्री डा.प्रकाशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, दुई जना सञ्चारकर्मीहरूलगायत १५ जना रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here