विनोद चौधरी नक्कली अर्बपति भएको खुलासा

384

काठमाडौं÷ आफ्ना दुई छोराहरूलाई ‘एनआरएन’ (ननरेसिडेन्सियल नेपाली) अर्थात् नेपालमा नबस्ने नेपालीको नाममा नेपालबाट विदेशतिर पुँजी पलायन गर्दै नेपालमा आफ्नो कारोबार घटाउँदै गएका विनोद चौधरीलाई फेरि पनि नेपाली अर्बपतिको सूचीमा सूचीकृत गरिएको छ । अमेरिकी पत्रिका फोब्र्सले विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने क्रममा नेपालका उद्योगपति भन्दै नेपालबाट छोराहरूको नाममा विदेशतिर बाहिरिएको सम्पत्तिलाई समेत विनोद चौधरीको सम्पत्ति भन्दै उनलाई नेपाली अर्बपतिमा सूचीकृत गरिएको छ ।

विनोद चौधरीले देखाएको १ अर्ब ३० करोड डलरको सम्पत्ति नेपालमा छैन भन्ने कुरा फोब्र्सले थाहा पाउन नसकेको देखिन्छ । फोब्र्सका अनुसार चौधरीको यो सम्पत्ति अघिल्लो वर्षको तुलनामा २० करोड बढी भनिएको छ । चौधरीका विरुद्ध चौधरीबाट ठगिएका सिजी कम्युनिकेसनका कर्मचारीहरूले पटक–पटक आन्दोलन गरिरहेका छन् । फोब्र्स पत्रिकाले भने यो पक्षलाई नजरअन्दाज गरेको छ । विनोद चौधरीको सिजी कम्युनिकेसनबाट ठगिएको भन्दै कर्मचारीहरूले नेपाल दूरसञ्चार प्राधिकरण र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी गरेका छन् ।

यो वर्ष अर्बपतिहरूको सूचीमा २०४३ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ । यसैबीच प्राप्त जानकारीअनुसार नेपाली अर्बपति घोषित विनोद चौधरीको आपूmलाई अर्बपति घोषित गराउने सवालमै ठगी गरेको खुलासा भएको छ । आफ्ना एनआरएन दुई छोराहरूले विदेशमा सञ्चालन गरेको कारोबार र नेपालमै विनोदका भाइहरू वसन्त चौधरी र अरूण चौधरी समेतको सम्पत्तिलाई आफ्नो सम्पत्ति जनाएर फोब्र्स पत्रिकामा आपूmलाई अर्बपति घोषित गराउन विनोद सफल भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here