नेपालका भोगी नेताले जोगिबाट सिक्नुपर्ने पाठ

173

काठमाडौ÷ सीमावर्ती भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निर्वाचनमा विजयी हुँदा जति चर्चामा थिए त्यसभन्दा बढी चर्चा उनले एक महिना भित्रै पाइरहेका छन् । उनले पाएको चर्चा हालै घोषणा गरेका उनका कार्यक्रमले हो । विवादास्पद छविका आदित्थनाथ मुख्यमन्त्री भएपछि उत्तर प्रदेशमा गुण्डाराज चल्ने अनुमान कतिपयको थियो ।

योगीका पालामा उत्तरप्रदेशको राज्य व्यवस्था पहिले भन्दा पनि थप अस्तव्यस्त हुने अनुमान र आशंका गरिएको थियो । तर, त्यस्ता सबै किसिमका आशंकालाई मिथ्या साबित गर्दै मुख्यमन्त्री आथित्यनाथले जे जस्ता योजना ल्याएका छन्, ती साच्चिकै जनताका पक्षमा र भारत उत्तर प्रदेशको भविष्यलाई नै उज्ज्वल बनाउने किसिमका देखिएका छन् ।

मुख्यमन्त्री भएको एक महिनाको अवधिमा आदित्यनाथले केही महत्वपूर्ण काम गरेका छन् । उनले मन्त्रिमण्डलको पहिलो बैठकमा उत्तरप्रदेशका दुई करोड भन्दा बढी किसानलाई फाईदा हुने गरी एक लाख रुपैयाँसम्मको ऋण माफ गरिदिने घोषणा गरे ।

त्यस्तै क्याबिनेटको दोस्रो बैठकमार्फत् धार्मिकस्थलमा २४ घण्टा तथा गाउँमा १८ घण्टा नियमित बिजुली उपलब्ध गराउने, १० हजारभन्दा बढी विद्युत महसुल किस्तामा बुझाउन पाउने, खराब ट्रान्सफरमर पाइएमा ४८ घण्टामा परिवर्तन गरिदिने लगायतका महत्वपूर्ण निर्णय गरे । उनले निर्णय मात्र गरेनन् कि निर्णयलाई कार्यान्वयन पनि त्यत्तिकै सक्रियतापूर्वक गरिरहेका छन् ।
उनले त्यसैगरी किसानको आलु खरिद केन्द्र बनाउने, ऊखु किसानलाई १४ दिनमै पैसा दिने तथा पुरानो भुक्तानी ४ महिनाभित्र दिनुपर्ने, राज्य विकास प्राधिकरणलाई पारदर्शी बनाउने, १५ जुनसम्म सडकलाई गड्डा (खाल्डो) मुक्त बनाउने तथा भ्रष्टाचारमाथि नियन्त्रण गर्नेलगायतका महत्वपूर्ण निर्णय पनि योगी नेतृत्वको राज्य सरकारले गरेको छ ।

योगी सरकारले पहिलो पटक उत्तर प्रदेशमा ठूलो परिमाणमा पुँजी लगानीका विषयमा नयाँ उद्योग नीति बनाउने फैसलासमेत गरेको छ । योगी सरकारले छोटो अवधिमा सार्वजनिक गरेका योजना तथा निर्णयले योगी समृद्ध र सुशासनसहितको उत्तर प्रदेश निर्माणमा जुटेको अनुभूति गर्न सकिने भएको छ ।
सीमा पारी जोगीको भेषमा राजनीतिक नेतृत्वमा पुगेका व्यक्तिले चौतर्फी चर्चा बटुल्ने गरी सकारात्मक काम गरिरहेका बेला यता नेपालमा राजनीतिक परिवर्तनकै लागि १० वर्षसम्म हतियार उठाएर सशस्त्र युद्ध लडेका नेताहरु अलमल्ल परिरहेका छन् । राजनीति भनेको के हो ? के हो ? भन्ने अन्योलग्रस्त अवस्थाबीच नेपालका नेताहरु गुज्रिरहेका छन् । राजनीति भनेको जहिले पनि कसरी व्यक्तिगत फाइदा लिने भन्नेमा जुटिरहेका छन् ।

राष्ट्रलाई नोक्सनन हुने गरी विभिन्न गैरकानुनी तथा राष्ट्रघाती काम गरेबापत प्राप्त आन्दानीबाट भोगी जीवनयापन गरिरहेका नेपाली नेताहरुमा भने वास्तवमै मुलुकको विकास गर्नुपर्छ भन्ने सोच अहिलेसम्म पनि आउन सकेको पाइदैन । विभिन्न कालखण्डमा मुलुकमा कायापलट गछाँै भनेर राजनीतिक आन्दोलन सुरु गरेका दलका नेताहरु सत्तामा पुगेपछि सबैभन्दा भोगी र मुलुकप्रति गैर जिम्मेवार बन्ने गरेका छन् ।
अझ नेपाली नेताहरुको एउटा थेगो नै बनेको छ– ‘हामी जोगी बन्नका लागि राजनीतिमा लागेका होइनाँै ।’ उता जोगीले राजनीतिमै बाजी मारिसक्दा पनि हाम्रा नेताहरुमा देश र जनतालाई लुटेर कसरी भोगी जीवन बिताउने भन्ने चिन्ता नै बढी देखिन्छ ।
काम गर्नका लागि कुनै बहाना चाहिदैन भन्ने कुरा उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पुष्टि गरेका छन् । नेपाललाई सिंगापुर र स्वीट्जरल्याण्ड बनाउँछाँै भन्ने नेपालका नेताहरुले त वर्तमान नेपाललाई देखेर लज्जाबोध गर्नुपर्ने हो, तर हाम्रोमा लाज भन्ने कुरालाई पनि राजनीतिक नेतृत्वले पचाइसकेकाले अहिले पनि उनीहरु यो वा त्यो बहानामा देश लुट्ने अभियानमै जुटिरहेका छन् ।

तथापि एउटा जोगीले समेत आफ्नो मुलुक निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने आदित्यनाथको उदारणले नेपालका नेताहरुमाथि साच्चिकै लज्जाबोध गरेर मुलुकको विकासमा लाग्न दबाब सिर्जना गरेको छ । हाम्रो नेतृत्वले लज्जा महसुस गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।
यसैबीच नेपालमा दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचनको तयारी भइरहेका बेला गृहमन्त्री विमलेन्द्र निधिले नै निर्वाचनमा भाँजो हाल्ने प्रयास गरेका छन् । गृहमन्त्री निधिले सामाजिक सञ्जालमार्फत् सुरक्षाको कारण देखाउँदै निर्वाचन हुन नसक्ने आशय व्यक्त गरेपछि निर्वाचनको तयारीमा जुटेका जनता तथा राजनीतिक दलहरुसमेत अलमल्लमा पर्नु स्वाभाविक हो ।

नेपालको निर्वाचनका विषयमा भारतले समेत दोहोरो भूमिका खेलिरहेको छ । एकातर्फ निर्वाचनमा मधेशी दललाई जानुपर्छ भनेर भारत निर्वाचनकै पक्षमा रहेकोजस्तो देखाउन खोजे पनि आन्दोलनरत मधेशी मोर्चाका नेताहरुलाई भित्रभित्रै उक्साउने र निर्वाचन भाँड्न लगाउने काममा समेत भारत सक्रिय बनिरहेको बुझ्न सकिन्छ । यसरी एउटा स्वतन्त्र मुलुकले निर्वाचनमार्फत् आफ्नो व्यवस्थालाई सुधार गर्ने प्रयासमा लागिरहेका बेला जोगीलाई समेत राजनीतिमा उतारेर आफ्नो देशमा चमत्कार देखाउन गइरहेको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक अस्थिरतलाई प्रवद्र्धन गर्ने गरी आफ्ना गतिविधिलाई बढाइरहेका छन्, यो नेपाली नेताहरुकै कमजोरीको परिणाम हो भन्ने कुरा बुझ्न नेताहरुले किन ढिला गरिरहेका छन् ? बुझ्न सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here