राष्ट्रपतिको अपमान गरेको भारतले गल्ती सच्यायो

141

काठमाडौं÷ भारतको पाँचदिने औपचारिक भ्रमणमा नयाँदिल्ली पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको अपमानको व्यापक आलोचना भएपछि भारत सरकारले आफ्नो गल्तीलाई सच्याउँदै राष्ट्रपति भण्डारीको खातिरदारी गरेको छ ।

राष्ट्रपति भण्डारी नेपालबाट भारतको नयाँदिल्लीमा अवतरण गर्दा उहाँको स्वागतमा भारतले विमानस्थलमा जुन व्यवहार प्रदर्शन ग¥यो त्यसले व्यापक आलोचना पायो । कहिल्यै राजनीतिक प्रतिक्रिया जनाउन अग्रसर नहुने नेपालका कलाकार राजेश हमालसम्मले राष्ट्रपतिप्रतिको अपमानलाई सार्वभौम सम्पन्न देशको अपमान ठानेर विरोध जनाए । राष्ट्रपति भण्डारीको स्वागतमा भारतले आफ्नो राज्यमन्त्रीलाई पठाएर नेपालप्रतिको दुर्भावना प्रदर्शित गरेको थियो ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा होस् वा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा होस्, नेपालका तर्पmबाट स्वागतमा कुनै कमी गरिएको छैन । मोदी र मुखर्जी मात्र होइन भारतका कुनै पनि नेताले नेपालमा पाएको आतिथ्यलाई कमजोर भनेर टिकाटिप्पणी गर्नुपरेको अवस्था हालसम्म आइपरेको छैन । परन्तु भारतका तर्पmबाट गरिनुपर्ने सामान्य शिष्टाचारको व्यवहारसमेत हुन नसक्नु दुर्भाग्यपूर्ण हो । नेपालका राजनीतिक दलका नेताहरुले भारतसँग गर्ने कूटनीतिक व्यवहारको कमीले गर्दा यो स्थिति आएको हो भन्ने कुरा स्पष्ट छ ।
राष्ट्रपतिको भ्रमणका क्रममा भारतमा भएको अपमानजनक व्यवहारको तीव्र आलोचना नेपालको निजी क्षेत्रबाट र सञ्चारमाध्यमहरुबाट भएपछि भारतले आफ्नो कमजोरी महसुस गरेको देखिन्छ ।

स्वागतका क्रममा भएको कमजोरीलाई भारतका राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीले सच्याउने प्रयास गरिरहेको कुरा यहाँ प्रस्तुत गरिएको तस्बिरले पनि प्रष्ट गर्दछ । राष्ट्रपति भवन परिसरमा राष्ट्रपति भण्डारीप्रति गरिएको सम्मान गारदपछि भारतका राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीलाई वास्तवमै स्वागतयोग्य सम्मान गरेका छन् ।

छिमेकी मुलुकप्रति हुनुपर्ने यसखालको व्यवहार विमानस्थलमै देखिएको भए, भारतप्रति नेपालले एक किसिमको निकट सम्बन्धको अनुभूति गरिरहनुपर्ने अवस्था रहन्थ्यो । मुखर्जीले नेपालका भ्रमणका क्रममा नेपालको आतिथ्यबाट आपूm अत्यन्त खुशी भएको व्यक्त गरेका थिए । त्यो शब्द नेपालका राष्ट्रपति विद्या भण्डारीबाट भारतका राष्ट्रपति र भारतीय जनताले सुन्न पाउने अवस्था रहेको छैन । तथापि गल्ती सच्याइएको छ ।
यसैबीच विद्या देवी भण्डारीको सम्मानमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले रात्रीभोजको आयोजना पनि गर्नुभयो । रात्रीभोजको क्रममा राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल नेपाललाई शान्ति दर्शनको मुलुकका रुपमा चित्रण गर्दै नेपालको दिगो आर्थिक विकासको लक्ष्यमा पुग्न वातावरण सृजना गरियोस् भनी आफ्नो धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीको यो अभिव्यक्ति वास्तवमै भारत सरकारका लागि मननीय छ । भारतले गौतम बुद्धको जन्मस्थल नेपाली भूमिलाई स्वीकार गर्न हिच्किचाइरहेको र नेपाललाई शान्ति क्षेत्रका रुपमा स्वीकार गर्न समेत भारतले तत्परता नदेखाएको अवस्थालाई राष्ट्रपति भण्डारीको शालिन अभिव्यक्तिले एक किसिमको चस्का दिएको महसुस गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here