सुशीलाका कारण सिलवाल धरापमा

174

काठमाडौं/ प्रधानन्यायाधीश सुशीला कार्कीको न्यायिक अक्षमताका कारण आईजी बन्न योग्य व्यक्तिको भावी जीवन नै धरापमा परेको छ । डीआईजी नवराज सिलवाल नेपाल प्रहरीको वरीयताक्रममा पहिलो नम्बरमा रहँदारहँदै उनलाई महानिरीक्षक नियुक्ति नगरी कनिष्ठ डीआईजी जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेपछि त्यसका विरुद्ध सर्वाेच्च अदालत गुहार्न पुगेका डीआईजी सिलवाललाई प्रहरी महानिरीक्षक बनाउनु भनी स्पष्ट परमादेश नगरेका कारण सिलवालमाथि फेरि अर्काेपटक सरकारले अन्याय गर्ने मौका पायो ।

दोस्रोपटक सर्वाेच्च अदालतमा पुरानै विषय लिएर डीआईजी सिलवाल पुग्नुपर्ने अवस्था प्रधानन्यायाधीश सुशीला कार्कीकै न्यायिक कमजोरीका कारण सृजना भयो । यिनै डीआईजी सिलवालले दायर गरेको रिट निवेदनको सुनुवाइ अब अनिश्चितकालको लागि स्थगित भएको छ भने प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको प्रस्ताव दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here