स्रष्टाहरु सम्मानित

163

काठमाडौं ÷ श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा आज वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कवि, गीतकार बसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न आजको पुरस्कार वितरण समारोहमा यस वर्षको गंगादेवी चौधरी स्मृति सम्मान (साहित्यतर्पm) श्रीमती तोया गुरुङलाई, सरस्वती सम्मान (काव्यतर्पm) गीतकार श्री कालिप्रसाद रिजाललाई, इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान (इतिहासतर्पm) प्राध्यापक हरिकान्त लाल दासलाई, नारायण गोपाल संगीत सम्मान (आधुनिक संगीत तथा गायनतर्पm) गायक श्री दीप श्रेष्ठलाई, अरनिको ललितकला सम्मान (चित्रकलातर्पm) बरिष्ठ कलाकार श्री उत्तम नेपालीलाई, बालकृष्ण सम रंग सम्मान (नाट्य लेखन र निर्देशनतर्पm) बयोबृद्ध नाट्य लेखक तथा निर्देशक श्री महेन्द्र मलंगियालाई अर्पण गरियो भने यस बर्षको नेपाल नव प्रतिभा पुरस्कार (खेलकूदतर्पm) चर्चित धाविका श्री मीरा राईलाई अर्पण गरियो ।

समारोहमा कवि गीतकार तथा संस्थाका अध्यक्ष बसन्त चौधरीको नयाँ कृति ‘जीवन मन्त्र’को लोकार्पण समेत गरिएको थियो ।  संस्थाकी कोषाध्यक्ष श्रीमती मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्राध्यापक डा. त्रिरत्न मानन्धरले पानसमा बत्ती बाली गरेका थिए ।

सम्मानित श्रष्टाहरुकातर्पmबाट समारोहमा बोल्दै बरिष्ठ गायक दिप श्रेष्ठले साहित्यकला मन्दिरको मुक्त कण्ठले प्रशंसा गरे । कार्यक्रमका सभापति कवि गीतकार बसन्त चौधरीले संस्थाका आगामी क्रियाकलापहरुमाथि प्रकाश पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here