महतको दवावमा प्रेसमाथि हमला

220

काठमाडौं÷ विद्युतीय सञ्चारमा प्रकाशित समाचारलाई लिएर प्रहरीले इ–रातोखबर र रातोखबर साप्ताहिकमाथि आक्रमण गरेको छ । प्रहरीले रातोखबर साप्ताहिकको बागबजारस्थित कार्यालयमा छापा मारेको सो पत्रिकाले जनाएको छ । त्यसैगरी गत सोमबार पूर्वअर्थमन्त्री रामशरण महतका भतिजा तथा भूकम्प पीडितको जस्तापाता भ्रष्टाचारमा मुछिएका रमेश महतसँग सम्बधित समाचारलाई लिएर इ–रातोखबरका वेभ डेवलपर चुडामणी श्रेष्ठको कार्यालयसमेत रहेको बुद्धनगरस्थित निवासमा समेत प्रहरीले छापा मारेको जनाइएको छ । सो घटनालगत्तै रातोखबर साप्ताहिक र इ–रातोखबरका निर्देशक अनिल शर्मालाई काठमाडौं जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा हाजिर हुन सूचना गरिएको रातो खबर साप्ताहिकले जनाएको छ ।

यसैबीच ललितपुर महानगरपालिका वडा नं. ११ स्थित चाकुपाटमा रहेको निर्वाचन कार्यलयमा मंगलबार आगजनी गरिएको छ । आगजनीमा विप्लव नेतृत्वको  नेकपाका कार्यकर्ताहरू संलग्न रहेको आशंका गरिएको छ । आगजनी गर्नेहरूले मट्टितेल छिटेर निर्वाचन प्रयोजनका लागी राखिएका कागजातमा आगो लगाएका थिए । आगो लगाउनु अघि सेवाग्राही र दुई जना कर्मचारीलाई उनीहरूले कार्यालय बाहिर पठाएको स्थानीयको हवाला दिंदै प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here