काठमाडौं/ पहिलो चरणको चुनावी मतपरिणाममा आफ्नो पार्टीले भन्दा एमाले र कांग्रेसले अग्रता लिएपनि प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गर्नुभएको छ । चुनावपछि पहिलोेपटक सञ्चारमाध्यमहरूलाई दिएको प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै परिणाम आए पनि निर्वाचन सम्पन्न भएबाट आपूmलाई भित्रैदेखि खुुसी लागेको जनाउनुभएको छ ।
प्रचण्डले भन्नुभयो– ‘म निकै खुसी छु । जनतालाई अधिकारसम्पन्न गराउन हामीले नेतृत्व गरेका सबै संघर्षहरू अनुमोदित भएका छन् । सिंहदरबारको अधिकार अब गाउँ–गाउँमा गएको छ ।’ चुनाव अगाडि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको हार–जित भन्दा पनि देशको जितका लागि आपूmले जसरी पनि चुनाव गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रचण्डले चुनाव गराउँदैनन् भन्ने आरोप सबैतिरबाट लागिरहँदा पनि एकतर्फी रूपमा चुनाव सम्पन्न गराएरै छोड्ने अठोट लिएर प्रधानमन्त्री प्रचण्डले त्यो काममा सम्पन्न गरेरै छोड्नुभएको छ । आफ्नो पार्टीका लागि प्रतिकुल हुन सक्ने भन्दै माओवादीका केही शीर्ष नेताले समेत प्रधानमन्त्री प्रचण्डलाई चुनावको विषयमा पुनर्विचार गर्न आग्रह पनि गरेका थिए ।
निकै ठूलो प्रतिकूलताकाबीच सवैपक्षलाई सहमत गराएर चुनाव सम्पन्न गराउनु आफैमा दूलर्भ विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले इतिहासले यसको सही मूल्यांकन गर्ने आशा व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको भनाई थियो, ‘यसकारण जनताले अहिले पहिलो चरणको चुनावमा भोट कांग्रेस–एमालेलाई अलिकति बढी जिताएजस्तो देखेपनि यो मेरो जित हो । माओवादीको जित हो । दोस्रो चरणमा जनताले कुरा बुझ्छन् भन्ने मेरो विश्वास छ ।’