सेञ्चुरी बैंकको नाफा ३३ प्रतिशत

144

काठमाडौं/ सेञ्चुरी बैंकले चैत मसान्तसम्म ३१ करोड ९ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष चैत मसान्तमा बैंकको मुनाफा २३ करोड २४ लाख रूपैयाँ थियो ।

बैंकको चैत मसान्तसम्म खुद ब्याज आम्दानी ७७ करोड १० लाख रूपैयाँ पुगेको छ । बैंकको गत वर्षको चैत मसान्तमा यस्तो आम्दानी ६१ करोड ८५ लाख रूपैयाँ थियो । बैंकले ३३ अर्ब १४ करोड रूपैयाँ निक्षेप परिचालन गरी ३० अर्ब ६ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी तीन अर्ब ६८ करोड रूपैयाँ रहेको छ । बैंकले चैतसम्ममा खराब कर्जा घटाएको छ । गत वर्ष शून्य दशमलव ९० प्रतिशत रहेको खराब कर्जा यसपालि शून्य दशमलव ५३ प्रतिशतमा घटेको छ । बैंकको पूँजी कोष अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ११ रूपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here