म्याग्दी डेंगुको उच्च जोखिममा, एकै दिन तीनजनामा संक्रमण

186
म्याग्दी– म्याग्दी जिल्ला डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीनजनामा डेंगु संक्रमण देखिएको छ ।

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेंगु संक्रमितको संख्या पाँच पुगेको छ ।

एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले भने  ।

‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेंगु संंक्रत भेटिएका छन्, ‘उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा. बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेंगुको संक्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको डा. बस्ताकोटीको  धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here