प्राडा. सुरेन्द्र केसी

(यही चैत २८ देखि वैशाख १२, २०७४ सम्म नेपाल कोरिया लेखक/पत्रकार मञ्चको एउटा प्रतिनिधि मण्डलले उत्तर कोरियाको राजधानी प्योङयाङ र चीन भ्रमण गरेको थियो । उक्त भ्रमणका सम्बन्धमा उक्त मञ्चका सल्लाहकार तथा त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. सुरेन्द्र केसीसाग स्वाभिमान नेपालले गरेको संवाद )

वर्तमान राजनीतिक घटनालाई कसरी आाकलन गर्दै हुनुहुन्छ ?
के छ र राजनीतिमा ? दलहरु स्वार्थका लिप्त छन् । नेताहरु भागबण्डा र पदीय लुछाचुाडीमा लिप्त छन् । सरकार बनाउने र बिगार्ने अनि मन्त्री बनाउने उद्योग भएको छ नेपाल । यथार्थमा राजनीति त्यो होइन । यो त आर्थिक–सामाजिक रुपान्तरण र सरकार त्यसो गर्ने औजार हुनु पथ्र्यो, तर यहाा कहिल्यै त्यस्तो भएन । त्यसको विपरीत राजनीति भनेको जसरी पनि सत्तामा जाने र जसरी पनि टिक्ने अनि सातपुस्तेजोड्नेलाई राजनीति भनियो यहाा ।
यसका लागि मुद्दाहीन गठबन्धन र अति मूल्यहीन कार्यशैली अपनाउनुलाई पनि राजनीति वा प्रजातन्त्र नै भनियो । चुनावकै कुरा गर्दा हेर्नु त कस्ता कस्ता बीच चुनावी तालमेल छ देशमा, कहीा राप्रपा–एमाले अनि कहीा एमाले–कांग्रेस त्यसैगरी कहीा कांग्रेस–माओवादी अनि कहीा त्यस्तै अरु । के यो राजनीति वा विचारको प्रश्न हो ? किमार्थ होइन । यो त राजनीतिको व्यापारीकरण मात्र हो ।

 

त्यसो भए स्थानीय चुनावको पनि कुनै अर्थ भएन ?

के छ त यसको अर्थ ? यसै पनि २ चरण भनेर विभाजन रेखा कोरिसकियो । अनि दोस्रो चरणको चुनाव हुने नहुने अहिले ग्यारेन्टि गर्न सकिने स्थिति पनि भएन । मुख्य कुरा दलहरुबीचको समीकरण–ध्रुवीकरणका प्रवृत्तिमा कुनै कमी आएन । त्यसमा आयाराम–गयाराम र मुसाहरुको चलखेल पनि त्यतिकै तीव्र रह्यो । यस्तोमा कसले कुन बेला लिलामका लागि राजनीतिको अखडामा हुत्याउने हो कुनै ठेगान भएन । अनि यसको के अर्थ भयो त राजनीतिमा ?

अब प्रसंग बदलौं, केही समअघि तपाईं उत्तर कोरियाको भ्रमणमा जानुभयो । कस्तो रह्यो भ्रमण ?
लामो समयदेखि कोरिया (उत्तर) र चीनको भ्रमण गर्ने उद्देश्य थियो । २०७० मा एकपटक चीन भ्रमणको साइत जुरेको थियो । तर, ऐन मौका ममतामयी माताको दु:खद निधनको कारण त्यो रोकिन पुगेको थियो । २०६५ तिर नै कोरिया (दक्षिण) को भ्रमण गरिसकेको थिएा । त्यसैले मनमा यस भ्रमणलाई जोड्नैपर्ने धोको थियो । दिन वित्दै गए ।
युवा पत्रकार अशोक सुवेदीसाग बारम्बार कुराकानी हुन्थे । उनैको सौजन्यमा नेकपाका संस्थापक पुष्पलालको जन्मथलो रामेछापको भागेरी गाउाको पनि स्थलगत भ्रमण गत साल गर्न सकियो । १० वर्षअघि हाल अखिलका अध्यक्ष नविना लामाका पिताश्री एवं मेरा मित्र माणिक लामाले पनि उत्तरको भ्रमणबारे आश देखाएका थिए । तर, अचानक एक दिन अशोकले माणिकको संयोजनमा कोरिया भ्रमणको प्रसंग झिकेपछि पो छाागाबाट खसेझैं भएा ।
कुरैकुरामा अशोकले आफ्नै पहलकदमीमा कोरिया भ्रमणको सम्भावना बताए । झन्डै ९ महिनापछि उनैको पहलकदमीमा यो भ्रमण सम्पन्न भयो । २०७३ चैत २७ देखि २०७४ वैशाख १२ तदानुसार ई.२०१७ अप्रिल ९ देखि ऐ २५ सम्मका झन्डै १७ दिन हामीले यी २ रहस्यका मुलुकहरूको भ्रमण गरी जीवनका अविस्मरणीय क्षणहरू व्यतित गर्‍यौं । आवश्यकीय अनुभव र अनुभूतिहरू बटुलिएको मनमा लागेको छ । हेरौं ती अनुभव र अनुभूतिहरू समयक्रममा के कसरी अभिलेखीकृत हुादै जाने हुन् ।
भन्नुस् न त त्यहााका अनुभूतिहरू ?
उत्तर कोरियालाई संसारले रहस्यपूर्ण, तानाशाही र आततायी राज्यका रूपमा चित्रण गर्दै आएको सबैमा विदितै छ । दक्षिण स्वर्ग उत्तर नर्क अनि दक्षिण उदार उत्तर अनुदार भन्ने कोकोहोलो चलाइएकै छ । भनिएकै पनि हो, त्यहााको आततायी शासनले सम्पूर्ण साधन स्रोत सैनिक र सैनिकजन्य गतिविधिमा खर्चिनाले आमनागरिक चरम अभाव, कठिनाइ, अनिकाल र कुपोषणको शिकार छ । कहाासम्म भने दुश्मनीपूर्ण व्यवहार भएको दक्षिणकै अन्नबाट उत्तरका जनताको भोकमारी टर्ने गर्छ ।
दुर्भाग्य ! हामीलाई घुमफिरक्रममा राजधानी प्योंगयााग वरिपरि त्यो पनि सरकारी नियन्त्रमै घुमफिर गराइएको हुादा उक्त प्रचारबाजीको सापेक्षतामा ग्रामीण जनताको वास्तविकता के होला ? त्यसबारे भने एक शब्द पनि भन्न सक्ने स्थिति भएन ।
एक दिनको सार्वजनिक कार्यक्रममा एकत्रित हुन आएका हजारौं ग्रामीण कोरियाली जनताको हावभाव, पहिरन पोशाक र मुखाकृति हेर्दा तिनीहरू हाम्रै देशको प्रजातन्त्र दिवस वा दलीय कार्यक्रममा टुाडिखेलमा एकत्रित हुने जनताकै जस्तो निरीह र अभावग्रस्त जस्तो चाहिा मलाई पनि लागेकै हो । थप, जसरी ती जनतामा हुनुपर्ने जति उत्साह, उमंग र अनुहारमा कान्ति पनि नभएको नै अनुभूति गरो मैले तर यो मेरो अनुभूतिमात्र हो अनुसन्धान होइन ।
के कार्यक्रममा जानुभएको थियो त्यहाा ?
कोरियाको १०५औं राष्ट्रिय उत्सव थियो त्यो । अर्थात् १०५औं कि इल सु ड. दिवस । साथै, कोरियाली नेता किमइल सुङ र किमइल जुङद्वारा प्रतिपादित जुक्षे विचारधारासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी थियो त्यो । जसमा रुस, फ्रान्स, भारत, बंगलादेश, पोल्याण्ड, ब्रिटेन, अफ्रिका र स्लोभाकियालगायतका २१ देशका बौद्धिक वामपन्थी र कम्युनिष्ट नेता एवम् अभियन्ताहरूको उपस्थिति थियो । तदनुरूप उक्त उत्सवमा सहभागिता लगायतका कार्यक्रम र सो विचारधारामाथि विस्तृत छलफल एवम् विचार–विमर्श गर्ने कार्यहरू भए । अनुभवहरू साटासाट गर्ने कार्य भयो । वनभोज, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू पनि भए । सबै देशका प्रतिनिधिहरूले साना ठूला कार्यपत्रहरू पनि प्रस्तुत गरे ।
प्रतिनिधित्वका अन्य पक्षहरूबारे केही उल्लेख गर्नुहुन्छ कि ?
यो राम्रो प्रश्न गर्नु भो । त्यसरी हेर्दा धेरैजसोले वाम र कम्युनिष्ट पार्टीका रूपमा सहभागिता जनाएको पाइयो । त्यसरी नै स्वतन्त्र विचारहरू पनि आए तर नेपालको प्रतिनिधित्व भने अनौठो पाइयो, जसअनुसार विभिन्न व्यक्तिहरू विभिन्न नाममा त्यहाा पुगेको देखियो । कोही पारिवारिक, कोही साहित्यिक अनि कोहीचाहिा राजनीतिक ढंगको सहभागिता देखियो । शंकर भारतीले प्राय: साहित्यिक आवरणमा स्वयंलाई त्यहाा प्रस्तुत गरे भने मन्जुरत्न शाक्यको परिवारसहित तीन पुस्ता नै देखियो । श्रीमती, छोरा र नाति समेतको । अनि हामीचाहिा अशोक सुवेदीको नेतृत्वमा ६ जना ‘लेखक–पत्रकार मञ्च’ को नाममा सहभागी भयौं । जसमा वैद्य माओवादीका हस्तबहादुर केसीदेखि विप्लव माओवादीका भरत वम अनि विप्लव माओवादीकै विद्यार्थी सङ्गठनका अध्यक्ष पूर्णसिंह समेतको सहभागिता थियो । अन्तिम टोलीचाहिा माणिक लामाको थियो, जो संगुन राजनीति सम्बद्ध संस्थाका रूपमा लामो समयदेखि सक्रिय रहेको पनि त्यहीा पुगेपछि थाहा भयो ।
उता राजनीतिज्ञ कमल चौलागाईंको १० सदस्यीय टोली पनि प्योगंयांग उत्रिइसकेको भन्ने सुनियो तर त्यस कार्यक्रममा भने त्यसलाई देख्न पाइएन ।

काठमाडौंका पत्रिकाहरूमा त अनेकौं हल्लाहरू सुनिए त ?
बस्, यही कुरा प्रष्ट पार्न खोजेको यहाा मैले । वैशाख १३ गते जब हामी त्रिभुवन विमानस्थल टेक्यौं, पहिलो हल्ला नै यहााको एउटा साप्ताहिकमा छापिएको दुर्गन्ध पर्‍यो हाम्रो कानमा । त्यहाा जे खबर छ त्यसको सार गलत नभए तापनि त्यसको अभिप्राय र सूचना भने सत्यभन्दा धेरै टाढा पाइए । त्यसले भन्यो –कार्यक्रममा माणिक लामा, कुनै ‘शाही’ थरको दम्पती, व्यक्ति र हाम्रो प्रमण्डलका नेता अशोकमाथि प्रमण्डलकै अर्का सदस्यले मुक्का हानेको ……लगायतका कुरा पढिए । यथार्थमा तीमध्ये कुनै कुरा पनि सही थिएनन् । यस्ता समाचार यहाा किन र कसरी प्रस्तुत भए । म छक्क परें । बरु कोरियाबारे भन्नै पर्ने र पत्रिकामा छापिनै पर्नै केही अन्य पक्षहरू भने ज्वलन्त थिए किन हो कुन्नी त्यसतर्फ भने पत्रिका पटक्कै अग्रसर देखिएनन् । मलाई आश्चर्य नै लागिरह्यो ।
के हुन् त त्यस्ता अपरिहार्य पक्षहरू ?
जसरी केही व्यक्तिहरूले लामो समयदेखि उत्तर कोरियाको नाममा हालीमुहाली र मोजमस्ती लुट्दै आए र अहिले आएर अनेकौं छिचिमिराहरू त्यस श्रृङ्खलामा जोडिन आए त्यसको औचित्य के हो ? के कोरिया जस्तो विदेशी थिचोमिचो र कडा आर्थिक नाकाबन्दी ‘झेल्दै’ आएका निरीह कोरियाली जनताको गाास काटेर आतिथ्यमा खर्च गरिने लाखाौ रकम माथि त्यस प्रकार निस्प्रयोजनशील तरिकाले कसैले पनि त्यहााको साधनस्रोत दुरुपयोग गर्नु उचित हुन्छ ?
भ्रमण क्रममा मैले व्यक्तिहरूले माफियासरह अप्ठ्यारोमा परेको कोरिया र अभावग्रस्त कोरियाली जनताको साधन स्रोत लुटेको मात्र देखो । यो देख्दा मलाई पीडा, टिठ र नरमाइलो लागिरह्यो । नेपालीहरू यति तल्लो धन्दामा पनि लागि आएका रहेछन् भन्ने थाहा पाउादा गहिरो पिडा र पश्चाताप पनि लाग्यो मलाई । छक्क परें म तर असहाय थिएा ।
त्यसो भए एउटा साप्ताहिक पत्रिकामा प्रकाशित रकम दुरुपयोग प्रकरणबारेको समाचार निराधार नै हो त ?
निश्चय नै होइन तर जोड जुन विषयमा दिइयो दिइनुपर्ने विषयमा दिइएन भन्ने तर्क हो । हाम्रै दलका अगुवालाई मैले त्यो देख्नासाथ विवाद विषय स्पष्ट र पारदर्शी पार्न भनी सक्दा अझै पनि त्यो भएको छैन । तैपनि त्यो हुने नै छ भन्ने आशा मैले अझै पनि मारिसकेको छैन । निश्चय नै निकट भविष्यमा त्यस्तो नभएमा त्यसबारे पनि यथासमय प्रकाश पार्ने नै छु तर अहिले नै चाहिा जसरी यहााका माफियाहरूले निरीह कोरियाली जनताको साधन स्रोत दुरुपयोग गरेको पाएा, त्यसको भण्डाफोर र स्थानीय दूतावासको ध्यानाकर्षणलाई मात्र मैले विषयवस्तु बनाउन चाहेको छु । स्वभावत: जो नेपाली बन्धुहरूबाट यसलाई धन्दाका रूपमा चलाउादै आइएको पाइयो । त्यसमाथि अविलम्ब नियन्त्रणका लागि पनि म अपिल गर्न चाहन्छु । खासगरी कोरियाको स्थानीय दूतावासले यसलाई पारदर्शी, फलदायी र प्रतिष्ठापूर्ण बनाओस् भन्ने सुझाव पनि प्रस्ताव गर्न चाहन्छु । अन्यथा भविष्यमा यसले विकराल र घटियारुप लिनेतर्फ पनि सरोकारवालालाई समयमै सचेत गराउन चाहन्छु ।
निष्कर्षमा केही भन्नुहुन्छ ?
कोरिया र कोरियाली जनता महान् छन् । तिनको राजधानी जतिको भव्य र शानदार राजधानी सायद विश्वमै अर्को छैन । तर, त्यहााका शासक मण्डलीको विश्व छवि र एकांकी आजको शताब्दी अनुकूलको हुन सके त्यस भव्यता र शालीनताको सार्थकता हुनेछ । रातदिन आणविक युद्ध र हतियार मात्रको कोकोहोलो निश्चय नै आजको आवश्यकता होइन । त्यस विपरीत यसले महान् कोरियाली जनताको जीवन, आकाङ्क्षा र तिनको पुन: एकीकरणलाई बल होइन घाटा नै पुर्‍याउनेछ । तर, यो कोरियाली जनताको अन्तरहृदयले भलो चाहने बौद्धिकको अनुभूति र आकाङ्क्षा मात्र हो बाध्यकारी होइन ।
चीन पनि भ्रमणको योजनामा राख्नु भाको कुरा उल्लेख गर्नु भाथ्यो त ?
हो, यसतर्फ पनि हामीले झन्डै १० दिन खर्च गर्‍यौं । त्यहााको विशाल त्यानम्यान चोक, पुराना दरबार, सुप्रसिंह नेपाली कलाकार अरनिकोद्वारा रचित श्वेत चैत्य आदिका साथै झन्डै २०० वर्ष पुरानो पेकिंग विश्व विद्यालय पनि अवलोकन गरियो । मुख्य कुरा चीनले प्राप्त गरेको भव्य विकास निर्माणका बिम्बहरू पनि मेरो मानसपटलमा छन्, तर ती सबै यस छोटो प्रसंगमा सम्भव भएनन् । मेरा लाखौं शुभचिन्तकहरूले यस भ्रमणबारे सविस्तार आउनुपर्ने सुझावलाई निश्चय नै मैले आफ्नो मानसपटलमा राखेको छु । र, एउटा विस्तृत यात्रा विवरणिका भविष्यमा मेरो तर्फबाट नेपाली वाङमय भण्डारलाई अवश्यमेव अर्पण गर्ने नै छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here