संख्या बढाउने प्रस्ताव एमालेबाट अस्वीकार

122

काठमाडौं/ स्थानीय तहको संख्या बढाउने सरकारी प्रस्ताव प्रमुख प्रतिपक्षी दल एमालेले अस्वीकार गरेको छ । गत शुक्रबार सााझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या थप गर्ने प्रस्ताव गर्नुभएको थियो ।
सरकारले चुनाव गर्न नचाहेकाले संख्या बढाउने प्रस्ताव ल्याएको भन्दै एमालेले ठाडै अस्वीकार गरेको हो । सरकारले एकलौटी ढंगले कार्यदल गठन गरेर संख्या गप्न खोजेको आरोप एपालेले लगाएको छ । सत्तारुढ दलले भने मधेस केन्द्रित दललाई सरकारले संख्या बढाउने आश्वासन दिएकाले सहमतिका लागि प्रस्ताव पेश गरेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here