प्रेम र युद्धमा सबै जायज हुन्छ भन्ने किंवदन्तीलाई यथार्थमा परिणत गर्ने प्रयासमा एउटा जोडी फेला परेको छ । प्रेमी जोडी आफ्नो मायालुका लागि यस्ता हर्कत पनि गरिदिन्छन् जो असहज लाग्छन् र सबैले स्वीकार्न बाध्यता हुन्छ । भारतको छत्तीसगढका श्रीकान्त गुप्ता नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीलाई सुन्दरी प्रतियोगितामा जिताउनका लागि शोरुमबाट सारी चोरेको पाइएको छ ।
श्रीकान्तकी पत्नी प्रमिला स्थानीय एक सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् । उनै पत्नीलाई प्रतियोगितामा प्रस्तुत गर्नका लागि श्रीकान्तले एउटा शोरुमबाट सारी चोरेर लगेका थिए । जब प्रमिला चोरी गरेका सारी लगाएर प्रतियोगितामा सहभागी भइन् तब श्रीकान्तको चोरीको पर्दाफास भएको हो । दर्शकमध्ये एकजनाले प्रमिलाले लगाएको चोरीको सारी चिनेछन् र सारी शोरुमका मालिकलाई सूचना गरेपछि शोरुम मालिक पुलिस लिएर त्यहाँ पुगी प्रमिला र श्रीकान्तलाई पक्राउ गरेर लगे ।
जनधारणा साप्ताहिक


















