सप्तरीका बाढीपीडितलाई बिराटनगरबासीको सहयोग

256

काठमाडौँ, सप्तरीका बाढीपीडित एवं डुवानमा परेका पीडितहरुलाई मोरङबाट राहत पठाइएको हो । सप्तरीमा ठूला उद्योग धन्दाहरु नभएकाले मोरङ प्रशासनको पहलमा बिराटनगरका उद्योग धन्दामा प्रशोधित खाद्यान्न र खानेपानीसमेत पठाइएको हो ।
सप्तरीका बाढी पीडितहरुलाई वितरण गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत पठाइएको जनइएको छ । सोमबारदेखि नै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगबाट खाद्यान्न सप्तरी पठाइएको जनाइएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतका व्यापारिक संघ संगठनलाई आग्रह गरेर सप्तरीमा खाद्यान्न र पानी वितरण पठाइएको हो ।
सोमबार सप्तरीमा एक ट्रक मिनिरल वाटर, एक ट्रक चिउरा, २ ट्रक भुजा, चाउचाउ र बिस्कुट पठाइएको जनाइएको छ । मंगलबार पनि नेपाली सेनाको हेलिकोप्टर मार्फत २५–२५ क्विन्टल चिउरा, भूजा र चाउचाउ सप्तरी पठाइएको जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here