
काठमाडौं । पछिल्लो समय फरक मौलिक कथावस्तुमा नेपाल चलचित्र निर्माण हुन थालेको छ । नेपाली चलचित्रको लागि हलमा भीड पनि देखिन्छ । यही क्रममा भाद्र २ गते नेपाली कथानक चलचित्रण ‘भुइँमान्छे’ नेपाली प्रदर्शनको तयारी अबस्थामा रहेको छ ।
शैली इन्टरटेन्मेन्ट एण्ड मुमिज प्रा.लि. र शैली थिएटरको प्रस्तुतिमा निर्मित चलचित्र भुइँमान्छे पोष्टमार्टम गर्ने व्यक्तिको मनोविज्ञानमा आधारित छ ।
 
चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरूङ्ग, सहिन प्रजापति, बादल भट्ट, रोहिणी भट्टराई, रामबाबु रेग्मी, शशांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्रकार, सौभर ढकाल, हरि यादव आदि कलाकारको अभिनय पाइन्छ ।
चलचित्र भुइँमान्छेमा नवराज बुढाथोकीको निर्देशक रहेको छ । यो चलचित्रमा प्रमुख निर्माता रोहिणी भट्टराई हुनुहुन्छ । सहायक निर्माता निरुपा राज्यलक्ष्मी थापा र हरि यादव हुनुहुन्छ ।
 
चलचित्रको बारेमा कलाकार रमेश बुढाथोकी भन्छन्, ‘पहिलो पटक एउटा लाश चिर्ने मान्छेको कथालाई लिएर चलचित्र निर्माण गरिएको छ ।’ यो चलचित्रमा आफ्नो भूमिकाबारे प्रष्ट्याउँदै डाक्टर बन्ने सपना बोकेर हिँडेको मान्छे विभिन्न कारणले गर्दा डाक्टर बन्न नसकेको व्यक्तिको भूमिकामा अभिनय गरेको जनाए । अभिनेता बुढाथोकीले फरक कथावस्तुमा असल चलचित्र निर्माण भएकोले दर्शकको मन छुने आशा व्यक्त गर्नुभयो ।
चलचित्रको बारेमा कलाकार तथा राष्ट्रिय महिला भलिबल खेलाडी सिपोरा गुरुङले महिलालाई सशक्त भूमिकामा देखाइएको चलचित्रमा आफू कलेज पढ्दै गरेको जागरुक पात्रको रुपमा देखिने जनाइन् ।
चलचित्रका निर्देशक नवराज बुढाथोकीले वास्तविक धरातलमा रहेर समाजमा संघर्ष गरिरहेको मान्छेको कथालाई भुइँमान्छेमा देखाउन खोजेको जनाउनुभयो । यो चलचित्र निर्माणपूर्व १ वर्षभन्दा बढी अनुसन्धान गरेर चलचित्रको कथावस्तु तयार परिएकोले पोष्टमार्टम कसरी हुन्छ, उसको मनोविज्ञान, अस्पतालमा हुने राजनीति आदि कुरालाई कलात्मक तरिकाले प्रस्तुत गरेको जनाए ।
हालसम्म नेपाली चलचित्र जगत्मै यस्तो कथावस्तुमा चलचित्र नबनेकाले यस्तो चलचित्र निर्माण गर्दा दर्शकको मन छुनुको साथै केही सकारात्मक सन्देश समाजमा जाओस् भन्ने हेतुले यो चलचित्र निर्माण गरेको चलचित्रका प्रमुख निर्माता रोहिणी भट्टराईको भनाइ छ । मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीको लागि चलचित्रबाट धेरै कुरा बुझ्न पाउने उनले जनाए ।
 
            
 
		

