कृषि उद्यमीहरूलाई कृषि अवार्ड

135

 

काठमाडौं, नेपालको व्यावसायिक कृषिमा योगदान पु¥याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गरेका हुन् ।
उक्त कार्यक्रमा कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट कृषि उद्यमीहरू अम्बरबहादुर तारामी मगर, दीपेन्द्रकुमार जोशी, हरिराज भट्टराई, जंगबहादुर साह, ख्यामनारायण पौड्याल, प्रेमकृष्ण श्रेष्ठ, रविकृष्ण जोशी, राजेन्द्र देवकोटा, राम पटेल, रामजीप्रसाद तिमिल्सिना, समीक्षा बाँस्कोटा र संग्राम राई रहेका छन् । सत्कर्म कृषि सहकारी संस्था लिमिटेड र शक्तिश्वरी कृषि फार्मलाई पनि सो अवार्ड प्रदान गरिएको छ । यसै अवसरमा बोल्दै मन्त्री थारुले ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ ले किसानलाई प्रोत्साहन र हौसला मिलेको हुँदा अवार्डलाई निरन्तरतामा जोड दिन पर्ने पनि जनाएका छन् । यस एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले विगत लामो समयदेखि आफ्नो मिडियाले कृषि र कृषकका बारेमा उजागर गर्दै आएको पनि जनाएका छन् ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here