प्रहरीको सरुवा/बढुवा विधिसम्मतः गृहमन्त्री

191
phf{dGqL zdf{ ;'b"/klZrddf phf{ dGqL hgf{hg zdf{ zlgaf/ eLdbQgu/df s~rgk'/ pBf]u afl0fHo ;ª3n] ;'b"/klZrdsf] ljsf;sf nflu a'emfPsf] 1fkgkq a'em]kl5 dGtJo JoQm ub}{ . tl:a/ M z]/axfb'/ l;+x, s~rgk'/, /f;;

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रशासनका कर्मचारीको सरुवा÷ बढुवा विधिसम्मत भएको बताएका छन् ।

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सांसदले उठाएका प्रश्नको विशेष समय लिएर जवाफ दिँदै उनले शान्ति सुरक्षा कायम गर्न विधिसम्मत र कार्यसम्पादन तथा मूल्यांकनका आधारमा सरुवा÷बढुवा गरिएको स्पष्ट पारे।

गृहमन्त्री शर्माले भने “कर्मचारी सरुवा÷बढुवामा अनियमितता हुने गरेको भन्ने कुरा बारम्बार आउने गरेको छ, आगामी दिनमा यस्तो नहोस् भन्नका लागि संघीय प्रहरी ऐन निर्माण अन्तिम चरणमा पुगेको छ, भविष्यमा सरुवा बढुवा सबै ऐनमै व्यवस्था गरिनेछ ।”

उनले बढुवामा अनियमितता भएको भन्ने सांसदको प्रश्नप्रति इङ्गित गर्दै भने, “कुनै पनि कर्मचारीको तीन वर्षको नियमित कार्यसम्पादन र मूल्यांकनका आधारमा बढुवा हुन्छ, सोहीअनुसार प्रहरी र कर्मचारीको बढुवा भएको छ, त्यसमा मेरा मान्छे कोही परेका छैनन्, अहिले सरुवा बढुवा निष्पक्ष भएको छ ।”

छुट्टै प्रहरी हेडक्वाटर बनाई प्रहरी सरुवा बढुवा गरेको भन्ने आरोपप्रति गृहमन्त्री शर्माले त्यसमा कुनै पनि सत्यता नभएको भन्दै त्यस्तो भएको भए आफूले नै कारबाही गर्ने दृढता व्यक्त गरे। गृहमन्त्री शर्माले कानूनमा व्यवस्था हुँदाहुँदै पनि राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुट्याएको भन्ने कुरा भ्रम मात्र भएको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here