मेघा अस्पतालमा शुन्दरीहरुको जमघट

184

ललितपुर / ललितपुरको धोविघाट चक्रपथस्थित मेघा अस्पतालले ‘स्वस्थ भएमा शुन्दर भइन्छ’ भन्ने नाराका साथ यही भदौ २४ गते एक दिने कार्यशाला सम्पन गरेको छ । दुईसय भन्दा बढि संख्यामा उपस्थित रहेका ब्यूटिशियनहरुको उपस्थितिमा कार्यशाला सम्पन्न भएको थियो ।

शरीरको वजन कसरी नियन्त्रणमा राख्ने ?, कसरी स्वस्थ रहने ?, छालामा आएका समस्यालाई कसरी उपचार गर्ने ?, अनुहारमा आउने चायाँ, पोतो, कोठी, मूसा लगायतका समस्याबाट कसरी मुक्त हुने ? आदि बारेमा छलफल र प्रशिक्षण भएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here