इलाम/ भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको र सीमा पिल्लर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने तथा सीमा क्षेत्रमा अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासोमा भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।
इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको हो । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट ९बिओपी० राख्ने तयारी भएको हो ।
इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क्याम्प बस्ने भएको हो । गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं गण इलामले सीमा सुरक्षाका लागि पोष्ट खडा गर्ने भएको हो । सरकारी नीतिअनुसार जिल्लाका ४ स्थानमा बोर्डर अब्जरवेशन पोष्ट रहने छन् ।
यसैगरी पाँचथरको प्राङ्वुङ, चिवाभञ्ज्याङ र ताप्लेजुङको ओलाङचुङगोलामा पनि पोष्ट स्थापना गरिने जनाइएको छ। दसैं अघि नै त्यहाँ पोष्ट खडा भइसक्ने प्रहरीले जनाएको छ ।


















