दुर्गममा नियमित उडान समेत कटौती गर्दै एयरलाइन्सहरु

77

काठमाडौं/ दसैंका बेला जहाजको टिकट यतिबेला पाउन धेरै मस्किल परिरहेको अवस्था छ । दुर्गमका लागि त जहाजको टिकट यतिबेला पाउने सम्भावना नै छैन ।

नियमित उडानमा समेत कटौती गर्दै एयरलाइन्सहरुले पश्चिमका दुर्गम विमानस्थलहरु डोल्पा, जुम्ला, बाजुरा, मुगु, रुकुमलगायतका गन्तव्यमात्र नभै पूर्वका फाप्लु, रुम्जाटार, भोजपुर, सुकेटारलगायतका गन्तव्यमा जहाज अभावको कारण देखाउँदै एयरलाइन्सहरुले उडान संख्या थपेका छैनन् ।

एयरलाइन्सहरुका लागि अहिले मुख्य पर्यटकीय सिजन सुरु भएकाले दशैंका लागि घर फर्किने स्वदेशी यात्रुभन्दा डलरमा सेवा लिने पर्यटकहरु नै प्राथमिकतामा परेका छन् । नेपालीभन्दा विदेशी यात्रु बढी हुने र टिकटको मूल्य डलरमा तोकिने गन्तव्यमा भने उडान संख्या बढाउन एयरलाइन्सहरु प्रतिस्पर्धारत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here