संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः प्रचण्ड

234

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन् ।

धनुषाको सहिद नगरपालिका यदुकुहामा बिहीबार आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताए ।

अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनपछि परिवर्तनकारी शक्तिको बहुमत भएका बेला फेरि संविधान संशोधन प्रस्ताव ल्याएर मधेशी जनताको अधिकार ग्यारेन्टी गर्ने दाबी गरे ।

संविधान संशोधन प्रस्ताव पारित नभए पनि सबै दललाई निर्वाचनसम्म ल्याइपु¥याउन सफल भएको बताउँदै उनले भने, “सामाजिक न्याय, समावेशीता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषयलाई यो संविधानले संस्थागत गरेको छ, बाँकी मुद्दालाई संशोधनमार्फÞत हल गरी यसको सर्वस्वीकार्यता बढाउन हाम्रो प्रयास जारी रहनेछ ।”

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताउँदै यो पञ्चायति चुनाव जÞस्तो या गाविस अध्यक्ष चुनेजÞस्तो नभई स्थानीय सरकारको चुनाव भएकाले यसको महत्व बुझ्न सबैलाई आग्रह गरे।

धनुषामा विभिन्न चुनावी सभालाई संबोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा माओवादीतर्फ जनलहर बढ्दै गएको बताए ।

जनकपुर उपमहागरपालिका कनकपट्टीमा पनि बिहीबार बिहान चुनावी सभालाई संबोधन गर्दै उतले राष्ट्रिय एकता तथा संविधान संशोधनको मुद्दालाई गति प्रदान गर्ने माओवादी केन्द्रमाथि आम मधेशी जनताको विश्वास बढ्दै गएको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here